कल्पना मैनाली
विर्तामोड ९ मंसीर । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन विर्तामोड नगरपालिकामा हिंसाको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा सामुहिक छलफल गरेको छ ।
विर्तामोड नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य संगीता शिवाको अध्यक्षतामा सम्पन्न महिलाले नेतृत्व गरेका विभिन्न संघ संस्थाहरुका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको हो ।
विर्तामोड नगरपालिका महिला विकाश शाखाका प्रमुख पुष्पा कार्कीले सहजीकरण गरेको छलफलमा सहभागीहरुले अब नारामा होइन व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका छन् ।
बाहिर हिंसा विरुद्ध बोल्नेहरु नै घरभित्र हिंसा गर्न र हिंसा सहन बाध्य भएकोले निष्कर्ष निकाल्दै उनीहरुले बानी÷व्यवहारमा परिवर्तन नभएसम्म केही हुन नसक्ने बताए ।
नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता खरेल विमली, महिला उद्यमी संघ नेपालकी प्रदेश–१ संयोजक गोमा भट्टराई, विर्ता लेडी जेसीजका अध्यक्ष स्वस्तिका आचार्य, यमुना तिवारी, सृष्टि महिला संस्थाका परिता राई, मेचीमहाकाली बुहारी आवाज झापा अध्यक्ष शिखा खड्का गणेश, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका पूजा प्रसाई, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका कल्पना कट्टेल, नगरपालिकाकै कृषि शाखाका अनु मोते, छठ महिला मञ्चका हेमलता चौधरी, निशा साह लगायत आ–आफ्नो धारणा राखेका थिए ।
हिंसा न्यूनिकरणका लागि व्यवहार परिवर्तन

































































































