Homeसमाचारशिविरमा २६० सामुदायिक कुकुरको बन्ध्याकरण

शिविरमा २६० सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड ९ मंसीर । बिर्तामोडमा गत मंसिर ५ गते शुक्रवारदेखि सुरु भएको सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।
हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको बन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको हो । शिविरमा जम्मा २६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ । शिविरमा सडकबाट उठाएर ल्याइएका १७ वटा सामुदायिक कुकुरलाई भने मारिएको छ । क्यान्सर लगायतका रोगबाट पीडित रहेका ती कुकुरलाई
औषधीको माध्यमबाट मुक्ति दिएको हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले जानकारी दिनु भयो । उहाँले उनीहरुको रोग अन्य कुकुरहरुमा समेत सर्ने भएकाले उनीहरुलाई मुक्ति दिन बाध्य भएको बताउनु भयो ।
शिविरमा बन्ध्याकरण गरिएका सबै कुकुरहरुलाई रेविज विरुद्वको खोप समेत लगाइएको छ । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुरको संख्या नबढोस् भनेर विगत ४ वर्षदेखि बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिविरमा २६० सामुदायिक कुकुरको बन्ध्याकरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img