Homeसमाचारकांग्रेस १४ औं महाधिवेशन:जिल्ला नेतृत्वका लागि कट्टेल र थेवेको प्यानल प्रतिष्पर्धामा

कांग्रेस १४ औं महाधिवेशन:जिल्ला नेतृत्वका लागि कट्टेल र थेवेको प्यानल प्रतिष्पर्धामा

बिर्तामोड ८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसीर १० गते हुन लागेको झापा जिल्लाको नेतृत्वका लागि दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतिष्पर्धात्मक चुनावी मैदानमा वर्तमान उपसभापति रामबहादुर कट्टेल र १२ औं महाधिवेशनका उपसभापति देउकुमार थेवेले पदाधिकारीका लागि आ आफ्नो प्यानलसहित उम्मेद्वारी सार्वजनिक गरेसंगै दुई पक्षबीच प्रतिष्पर्धा हुने देखिएको हो ।
सभापति पदका उम्मेद्वार राम कट्टेलले पनि सभापति दुई उपसभापति, दुई सचिव र दुई सहसचिवका उम्मेद्वार सार्वजनिक गरेसंगै दुवै पक्षबीच प्रतिष्पर्धा हुने देखिएको हो । मंगलबार निर्वाचन लक्षित आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गर्दै एक उपसभापति र एक सचिव घोषणा गरेको कट्टेल समूहले आज उपसभापति र सचिव १÷१ तथा दुई सहसचिवका उम्मेद्वार सार्वजनिक गर्नुभएको छ ।
कट्टेल समुहबाट उपसभापति पदमा केदारशमसेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेद्वार हुने निश्चित भएको राम कट्टेल जिताऔं अभियान सचिवालयले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ । त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजबंशी छन् भने सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु उम्मेद्वार हुने निश्चित भएको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि भोलि उम्मेद्वारी दर्ता र मंसिर १० गते मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन ।
यता थेवेको प्यानलमा उपसभापति द्वयमा शेरबहादुर भट्टराई र केशव पाण्डे, सचिव द्वयमा कृष्ण हुमागाँई र नविन विमली हुनुहुन्छ भने सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी रहेका छन् । थेवेले पनि आजै सचिवालय परिषरमा आफ्नो प्यानलका उम्मेद्वारहरुको नाम सार्वजनिक गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेस १४ औं महाधिवेशन:जिल्ला नेतृत्वका लागि कट्टेल र थेवेको प्यानल प्रतिष्पर्धामा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img