ज्ञानमणी भुर्तेल
‘डाई ! उढोग सचिव पुन्य प्रसाड डाहालले सुजाटाको कुरा मान्छ रे ! एक पटक भेटौ न’ !!
भक्तपुर सेरामिक्स संचालक रबिन्द्र प्रजापतिको औद्योगिक समस्या समाधानको बाटो पहिल्याउदै ‘सुजाटा मेम’ भेट्न पुगियो ! सबै स्वस्ती बाचनमा ब्यस्त थिए ! हामिले पनि स्वस्ती टक्रायौ ! स्वस्ती ग्रहण पछि तोक आदेश बक्स भो – ओ भिष्म जि ! उहाँको कुरो सुन्दिनुस त !
भीष्म दाईले देख्ने बित्तिकै ३६ साल देखिको परिचयलाई आत्मियतापूर्वक ग्रहण गर्दै केही बेर पर्खिने आग्रह गर्दै अन्तै ब्यस्त हुनु भो ! म बोलें – बुझ्यौ रबिन्द्र ! यी दाई पन्चायतकालिन सुनसरी काङ्ग्रेस सचिव हुन ! जति बेला मेडम जर्मनीमा समुन्द्री किनारमा सनबाथका साथ बियर खाँदै थिइन । यिनी यता पुलिस कस्टडीमा पञ्चायती पुलिसको बुट खाँदै थिए ’ रबिन्द्र अचम्मित भयो !
अड्रिष्य शक्टी भनेको यै होला है डाई ‘बाउ पो प्रढानमन्ट्री हो ? ! छोरी को हो ? होस डाई ! कुरा नगरौं मलाई आट्मग्लानी भो ! म जिल्ल परें !!! मेडमको चुरिफुरी देख्दा एउटा कुमालेलाई समेत आट्मग्लानी हुँदा हामी बेसर्मिको चुईगम चपाउनमै ब्यस्त भयौं ! चुईगम चपाउने क्रम बढ्दै गयो तर हाम्रो थुतुनो थाकेन !!!! बाउ प्रधानमन्त्री छोरिको फूर्ति ! लोग्ने मन्त्री स्वास्निको हालीमुहाली ! काका मन्त्री भतिजोको धम्की ! भिनाजु मन्त्री सालो पिए ! हुँदा हुँदा त ब्वाईफ्रेण्ड मन्त्री गर्लफ्रेण्ड सांसद !!! हामी गान्धिका बाँदर !!! हामी लाटा भयौं , बहिरा हुँदै गयौ ! चौधौं अधिबेशन सम्म आईपुग्दा त पूर्ण रुपमै अन्धा हुन पुग्यौं !! नेताका कमारा भयौं , दास नै भयौं !! नेताकै अधिनमा प्रतिनिधि चयनका लागि तयार भयौं ! आफ्नो विवेक प्रयोग गर्ने सामर्थ्य गुमायौ ! आफ्नो ईच्छालाई तिलान्जली दिन बाध्य भयौं ! नेताको ईसारामा नाच्ने नटुवा हुन पुग्यौं !!
बर्ष भरी राजधानी बस्ने नेताको मुन्सी झोलामा पैसा बोकेर एयरपोर्ट ओर्लदा स्वागतमा पुग्ने हामी उसको एक रातको ‘सन्ध्याकालिन आरती’ मा सामेल भएकै भरमा उसलाई केन्द्रिय प्रतिनिधि बनाउने अनि नेताको उर्दिको पालना गर्दै कामत रुग्ने गोठालालाई माथी पठाउने ‘बौद्धिक काङ्ग्रेस’ हुन पुगेका छौं ‘ आफ्नो हैसियत छैन’ विवेक प्रयोगमा असफल छौं ‘आफू एउटा क्षेत्र बाट स्वास्नी अर्को क्षेत्र बाट छोरा अलिपरको कित्ताबाट ! मानौँ काङ्ग्रेस नेताको मौजा हो जो आफ्नो परिवारलाई कित्ताकाट गरेर बाँडदैछ हामी साक्षी किनाराका सदर ! हामी ‘हस मालिक’ भयौ ! आफ्नो कित्तामा रहेकाको लाई ‘हात पुर्याईदिने ’ र बिद्रोही कित्तामा रहेकोलाई ‘गोलखाडी लाने’ कलब्रेकका छुचुन्द्रे खेलाडी भयौं !!
सुजाता ‘काल’ बाट सुरु भएको दासताको ओभरडोज का कारण आज हामी स्याउको रुख मुनि बसेका अपाङ्ग बाँदर सरह भएका छौ जो नेताले उ दिए उ खाने , गु दिए गु खाने , नदिए नखाने तर टाउको माथिको स्याउ टिपेर खाने तागत नराख्ने !
सभापति भए लगत्तै –अब गणेशमान जि र किशुन जि ले झैं कुनै पनि काङ्ग्रेसिले पार्टी छोड्नु नपर्ने वाणी ओकल्दै गिरिजाकालको दासता अन्तको उद्घघोष गर्ने देउवा ‘दाई’ को दासता स्विकार्दै भाउजुलाई ‘मेडम’ हुँदै नेता बनाईयो अब जयबीर लाई ‘जयबीर बाबू’ु भन्दै यता पनि राहुल गान्धी उत्पादनमा तदारुकताका साथ जुट्नुपर्ने दिन आईसकेको छ !
अल्छी नगरौं ! भक्तपुरे रबिन्द्र झै आट्मग्लानिको चक्करमा नअल्मलिउ ! बेसर्मिको चुईगम चपाउदै दास निर्माणमा जुटौं ! दास एकता कायम रहोस ! दास एकता जिन्दावाद !!!
जय नेपाल !!