HomeFeatured 2जन्मदिनमा पार्वताले गरिन युनियनको अक्षयकोषमा सहयोग

जन्मदिनमा पार्वताले गरिन युनियनको अक्षयकोषमा सहयोग

विर्तामोड ८ मंसीर । नेपाल उद्यमशिल महिला संघ झापाका अध्यक्ष तथा सामाजिक व्यक्तित्व पार्वता खरेल विमलीले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल प्रेस युनियन झापा शाखाले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्नु भएको छ ।
नेपाली कांग्रेस झापाको १० औं महाधिवेशनका लागि देउकुमार थेवे प्यानलको उम्मेद्वारी घोषणा सार्वजनिक कार्यक्रमका बीच कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको अक्षयकोषका लागि अध्यक्ष विमली र ओमकृष्ण विमलीले युनियनका झापा सभापति इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँई, उपसभापति गिरीराज भट्टराई, कार्यसमिति सदस्य रणदेव हजाम, केन्द्रीय पार्षद शुशिला संग्रौलाको टोलीलाई संयुक्त रुपमा ११ हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा दीगो लक्ष्य राखेर स्थापना भएको संस्थालाई गरेको सहयोग सदैव रहिरहने भएकाले अक्षयकोषमा सहयोग गरेको विमलीले बताउनु भयो ।
संस्थाको कोषमा सहयोग गरेको धन्यवाद ज्ञापन दिंदै संस्थाको स्थायी कोष नहुँदा गतिविधि सञ्चालन गर्नै समस्या भोग्नु परेका कारण अक्षयकोषको स्थापना गरेको बताउनु भयो । साथै उक्त कोषमा सहयोग गरिदिन सभापति पूर्वेलीले शुभचिन्तकलाई आग्रह पनि गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जन्मदिनमा पार्वताले गरिन युनियनको अक्षयकोषमा सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img