Homeसमाचार‘कम्युनिष्टसंग भिड्न थेवेको नेतृत्व आवश्यक’

‘कम्युनिष्टसंग भिड्न थेवेको नेतृत्व आवश्यक’

विर्तामोड ८ मंसीर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसीर १० गते हुने नेपाली कांग्रेस झापाको नयाँ नेतृत्वका लागि सभापति पदका उम्मेद्वार देउकुमार थेवेले आफू नेतृत्वका टिम सार्वजनिक गर्नुभएको छ ।
सभापतिका आकांक्षी थेवेले आफू नेतृत्वको टिममा रहने पदाधिकारीको उम्मेद्वारी सार्वजनिक गर्नुभएको हो । थेवेको नेतृत्वमा उपसभापति द्वयमा शेरबहादुर भट्टराई र केशव पाण्डे, सचिव द्वयमा कृष्ण हुमागाँई र नविन विमली हुनुहुन्छ भने सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी रहेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको सभापतित्व तथा केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, अतिथिहरु पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतले शुभकामना मन्तव्य राख्दै आगामी निर्वाचनमा कांग्रेसको प्रतिष्पर्धा कम्युनिष्टसंगै हुने बताउँदै चुनावको मत परिणाम आफ्नो पक्षमा ल्याउन सक्ने सक्षम नेतृत्वलाई चयन गर्न आग्रह गरेका छन् ।
आन्तरिक प्रतिष्पर्धा १० गतेसम्म मात्र भएको बताउँदै नेताहरुले मतदान सकिएसंगै सबैसंगै हिड्नु पर्नेमा जोड दिंदै निर्वाचनको प्रचारमा एकापसमा तिक्तता नपोख्न समेत गराएका छन् । कांग्रेसको लडाँई फेरि पनि कम्युनिष्टसंगै हो–‘कम्युनिष्टसंग भिड्न सक्ने नेताको आवश्यकता छ, जिल्ला चलाउन बाघ नै चाहिन्छ, जिल्लामा कांग्रेसलाई अरु दलभन्दा अब्बल बनाउन पनि थेवेको नेतृत्व आवश्यकता खड्किएको हो ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘कम्युनिष्टसंग भिड्न थेवेको नेतृत्व आवश्यक’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img