HomeFeatured 2नेपाली कांग्रेस झापाको सभापतिका लागि कट्टेलको उम्मेद्वारी घोषणा

नेपाली कांग्रेस झापाको सभापतिका लागि कट्टेलको उम्मेद्वारी घोषणा

विर्तामोड ७ मंसीर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत यही मंसीर १० गते हुने झापा जिल्लाको नयाँ नेतृत्वका लागि रामबहादुर कट्टेलले आफ्नो उम्मेद्वारी घोषणा गर्नुका साथै सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सिके प्रसाई र तुर्सा हेमरमको तस्विरमा माल्यार्पण गर्दै सम्पर्क कार्यालय उद्घाटनपछि जिल्ला सभापति पदका प्रत्यासी रामबहादुर कट्टेलले उपसभापति शमशेर (केदार) गिरी र सचिवमा विश्वदिप लिङदेनलाई अघि सार्नु भएको छ । प्रारम्भिक चरणमा एक उपसभापति र एक सचिवमात्र घोषणा गर्नु भएका कट्टेलले अरु उम्मेद्वार भोली थप्ने प्रचार समितिका तेजप्रसाद चौंलागाँईले जानकारी दिनुभयो ।


उम्मेद्वारी सार्वजनिक गर्दै सभापतिका उम्मेद्वार कट्टेलले पार्टीभित्र सामुहिक विचारलाई संस्थागत गर्न र पार्टीलाई निष्कलंक रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । साथै व्यक्तिगत स्वार्थका लागि अपवित्र गठबन्धन नगर्ने बताउँदै आफ्नो उम्मेद्वारी दास प्रबृत्ति विरुद्ध भएको स्पष्ट पार्नुभयो ।
सो अवसरमा उपसभापतिका उम्मेद्वार शम्शेर (केदार) गिरीले जिम्मेवार कार्यकर्तालाई काखा र पाखा गर्ने प्रबृत्ति विरुद्ध सहीद पुत्रलाई साक्षी राखेर पार्टीको सही व्यवस्थापनमा लागि पर्ने बताउनु भयो । पार्टीमा योगदानको मूल्याङ्कन गलत किसिमले हुने गरेको बताउँदै नेताले गरेका अन्याय र अत्याचार अरुलाई हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।
त्यसैगरी सचिवका प्रत्यासी विश्वदिप लिङदेनले योगदान गरेको पुराना कांग्रेस नेता कार्यकर्ता हुँदाहुँदै पनि आफूलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै नेताले पार्टीलाई विकृति र विसंगतिमुक्त कांग्रेस बनाउन लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्मा लगायतले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा कांग्रेस नेताहरु गोपाल कुमार बस्नेत, सुरेस सुब्बा, पूर्व मन्त्री बीरमणी ढकाल लगायतले शुभकामना मन्तव्य राख्दै सभापति कट्टेलको व्यवस्थापकीय पक्ष, कार्यान्वयन क्षमता र पारदर्शीताका कारण आफू प्रभावित भएको बताउँदै कट्टेललाई पार्टीको मूल जिम्मेवारीमा पुर्याउन कार्यकर्तालाई आह््रवान् समेत गर्नुभयो ।
कांग्रेस झापाका सचिव ताराबीर कट्वालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नवनिर्वाचित महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य उषा गुरुङले स्वागत र तेजप्रसाद चौंलागाँईले सञ्चालन गर्नुभएको थियो ।
कट्टटेलको उम्मेद्वारी घोषणासंगै मंसीर १० गते निर्वाचन हुने निश्चित हुनुका साथै सभापति पदमा देउकुमार थेवे र रामबहादुर कट्टेलबीच प्रतिष्पर्धा हुने भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाली कांग्रेस झापाको सभापतिका लागि कट्टेलको उम्मेद्वारी घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img