HomeFeatured 2भदौ २७ गते ओलीले कार्यकर्तालाई सम्बोधन गर्ने

भदौ २७ गते ओलीले कार्यकर्तालाई सम्बोधन गर्ने

विर्तामोड १७ भदौ । नेकपा एमाले झापाले भदौ २७ गते विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । शाही पार्टी प्यालेसमा हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताउनु भयो ।
नेकपा एमाले झापा जिल्ला सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहने जनाइएको छ । एमाले झापाको आन्तरिक एकताका रुपमा सम्पन्न बैठकले जिल्ला कमिटिको बैठक भदौ २१ गते गर्ने निर्णय पनि गरेको छ ।
पार्टी केन्द्रीय कमिटिको अन्तरपार्टी निर्देशन अनुसार २०७५ जेठ २ को साविक कमिटिको आधारमा सबै तह र जनवर्गीय संगठनहरुको कमिटीहरु चलायमान गराउने निर्णय पनि बैठकले गरेको छ । पार्टीको मातहत कमिटि र जनवर्गीय संगठनहरुको अधिवेशन पार्टीले तोकेकै मितिमा सम्पन्न गर्ने निर्णय पनि गरेको एमाले जिल्ला अध्यक्ष पाठकले बताउनु भयो ।
जिल्ला अध्यक्ष पाठकको अध्यक्षतामा बसेको बैठकले १० बुँदेको कार्यान्वयन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, निर्वाचन आयोगमा गई मतदाता नामावलीमा छुट भएकाको नाम समावेश गराउन पार्टी मातहतका निकायहरुलाई निर्देशन दिएको जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला ईन्चार्ज रविन कोइराला, पार्टी केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल, केन्द्रीय सदस्यहरु हिक्मतबहादुर कार्की, हरिबहादुर राजवंशी लगायतका नेताहरुले पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आआप्mनो ढंगबाट प्रयत्न गर्न निर्देशन दिनुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भदौ २७ गते ओलीले कार्यकर्तालाई सम्बोधन गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img