Homeसमाचारजैविक वडा बनाउन किसानलाई गाई

जैविक वडा बनाउन किसानलाई गाई

भद्रपुर १७ भदौ । वडालाई जैविक वडा बनाउने उद्देश्यले राखेर भद्रपुर नगरपालिका वडा नं १० कृषकहरुलाई स्थानीय जातका गाई तथा कृषि औजार वितरण गरिएकोे छ ।
चन्द्रगढीस्थित वडा समितिको सभाहलमा बुधबार आयोजित एक कार्यक्रमका बीच गोलोक गोवद्र्धन गौशाला शिवसत्तासीबाट प्राप्त २० जना कृषकलाई १/१ गाइ तथा १२ वटा टोल विकास संस्थाहरुलाइ प्रतिटोल १/१ थान मकै छोडाउने छर्ने मेसिन विषादी छर्ने स्प्रे समेत वितरण गरिएको हो ।
कार्यक्रमका बारेमा प्रकाश पार्दै वडाध्यक्ष टेकबहादुर खड्का काजीले वडाले विगतमा पनि धेरै प्रशंसनीय कार्यहरु गरेको उल्लेख गर्दै आफुहरुले जैविक वडा बनाउने उद्देश्यले २० जना लक्षित किसानलाइ स्थानीय जातका गाई तथा बाछाहरु प्रदान गरेको बताउनु भयो ।
नगरप्रमुख जीवकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिका भित्र कोभिड नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
खड्काको अध्यक्षता तथा सचिव मनकुमार डाँगीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, गौशालाका अध्यक्ष आचार्य नन्दकिसोर भारद्धाज, असारु राजबंशी, महासचिव घनश्याम अधिकारी, नगरपालिकाका प्र्मुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजैविक वडा बनाउन किसानलाई गाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img