Homeसमाचारविर्तामोड-भद्रपुर सडकको नालीमा डुवेर मृत्यु

विर्तामोड-भद्रपुर सडकको नालीमा डुवेर मृत्यु

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–३ स्थित सैनिकमोड नजिकैको नालीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
सैनिकमोड पूर्वतर्फका मेची आँखा अस्पताल छेउको नालीमा डुबिरहेको अवस्थामा लगभग ६५ वर्षीया सुमित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विहान ९ बजेतिर नालीमा डुबेको अवस्थामा शब फेला परेको थियो । मृतक विर्तामोड १० सैनिककी राई थरी रहेपनि नाम खुलिनसकेको विर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाले जानकारी दिनुभयो ।
विर्तामोड–भद्रपुर सडकखण्ड अन्तररगत बाटो स्तरीकरण गर्ने भन्दै ठेकेदारले सडकका दुवै किनारामा खनेको नाली लामो समयसम्म नपुरिंदा पानी जमेको र सोही पानीमा परेर महिलाको ज्यान गएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
बाटो निर्माणमा ठेकेदारले गरेको लापरवाहीका कारण महिलाको मृत्यु भएको भन्दै घट्नास्थल प्रहरी पुगेको प्रहरीलाई नालीबाट शब निकाल्न केही समय अवरोध समेत गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड-भद्रपुर सडकको नालीमा डुवेर मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img