HomeFeatured 2पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन

पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन

बिर्तामोड १ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ ।
महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त इ–बुलेटिनको एक कार्यक्रमकाबीच विमोचन भएको छ ।
नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका कोषाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि बुद्धि लामिछाने (विमल)ले इ–बुलेटिनको विमोचन गरेका हुन् ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिर्तामोडस्थित महासंघ कार्यालयमा भएको कार्यक्रममा सहभागी अतिथिले नयाँ कामको थालनी गरेकोमा प्रशंसा गरेका थिए ।
महासंघले बैशाखदेखि साउनसम्मका गतिविधि समेटेर पहिलोपटक ३९ पेजको इ–बुलेटिन प्रकाशन गरेको हो । तीन वर्षे कार्यकालका लागि महासंघको वर्तमान नेतृत्वले ०७८ बैशाख ६ गते पदभार ग्रहण गरेपछि महासंघको संस्थागत विकास र पत्रकारको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा महासंघ १ नं. प्रदेश समितिका सदस्य लीलाराज झापाली, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मी, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले कोरोना महामारीका कारण धरासायी बनेको सञ्चार क्षेत्रको विकासका लागि अघि बढ्नुपर्ने औल्याएका छन् । प्रमुख अतिथि लामिछानेले महासंघको इ–बुलेटिन दस्तावेज भएकोले महत्वपूर्ण कामको शुरुवातका लागि महासंघप्रति धन्यवाद ज्ञापन गरे । उनले मिडियाले समावेशिताको मुद्दालाई उठाउनुपर्नेमा जोड दिएका छन् ।
लामिछानेले चाकडी पत्रकारिता बन्द गरेर खोज र व्यवसायिक पत्रकारितामा अघि बढ्न पत्रकारहरुलाई सुझाएका छन् । महासंघकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत र सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
इ–बुलेटिनको सम्पादक मण्डलमा उपाध्यक्ष संग्रौला, सचिव लामा, सदस्यहरु स्वस्तिका आचार्य, सुनिरा मैनाली, सुष्मा राजवंशी र मनिषा चौलागाईं रहेको उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img