
विर्तामोड । इलामकी एलिना प्रधानलाई युट्युवमा राम्रो खाना बनाएको भिडियो देखेपछि स्कूल पढ्दा पढ्दैदेखि ‘कुक’ हुने रहर जाग्दै गयो । होटल म्यानेजमेन्टको आकर्षण बढ्दै गएसँगै २०७५ सालको एसइइमा उत्तिर्ण गरेकी एलिसा त्यही चाहना पूरा गर्न अहिले विर्तामोस्थित इष्ट्रन इम्पायर कलेजमा होटल म्यानेजमेन्टमा अध्ययन शुरु गरिन् । होटल म्यानेजमेन्ट तर्फको मोहबारे बताउँदै भनिन्, ‘हाम्रो पनि होटल छ, सिप सिकेर होटललाई अरु राम्रो बनाउँ भनेर ।’ प्रविधिले पनि अफ आकर्षित गरेको बताउँदै उनले थपिन्, ‘युट्युवतिर राम्रो राम्रो खाना बनाएको देखें हाम्रो पनि होटल छ त्यस्तै बनाउन सकिन्छ भनेर ।’ ‘इलाममा धेरै राम्रा राम्रा ठाउँहरु छन्, देश–विदेशका पर्यटकहरु आउँछन् त्यहिं राम्रो बनाऔं भन्ने हो एलिनाले थपिन्, बुबा आमाको पेसै त्यहि (होटल) हो, बाहिर भएन भने बुबा–आमालाई सघाउने हो ।
मेची राजमार्गस्थित इलाम–१० गोदकमा एलिनाका बुबा–आमाले होटल सञ्चालन गर्दै आएका छन् । एलिना र उनका दाजु एलिनसँगै होटल म्यानेजमेन्ट अध्यापन गर्दै छन् । धेरै मान्छेसँग परिचित हुन र चिनजान गर्न रुचीले पनि आफूलाई होटलतर्फ तानेको उनले बताइन ।
मेचीनगर–१० कि निम्रित गुरुङले नेदरल्याण्ड जाने तयारी स्वरुप होटल म्यानेजमेन्टको कोर्ष अन्तरगत कक्षा थालिन् । विर्तामोडस्थित बाल्मिकी एजुकेशन फाउण्डेसनमा मेसमा खाना बनाएको देख्दैदेखि आफूलाई पनि खाना बनाउने कला सिक्ने रहर जागेपनि आफ्नै ठाउँमा पढ्न चाहेको विषय नभएपछि कक्षा ११ र १२ विर्तामोडस्थित कन्काई एजुकेशन फाउण्डेसनमा अध्यापन गरिन् । त्यसपछि होटल म्यानेजमेन्ट अध्यापन गर्ने धोको पूरा गर्न इष्टर्न इम्पायरमा धाउन थालिन् । इन्टर्नसीप सकेर नेदरल्याण्ड जाने बताउँदै उनले भनिन्, ‘पापाले नेदरल्याण्डमा होटल चलाउनु हुन्छ, फेमिलीका धेरै उतै हुनुहुन्छ, मलाई पनि पछि जान सहज हुन्छ भनेर त्यसैको तयारी हो । एसइइ सकेर होटल म्यानेजमेन्ट पढ्ने रहर भएपनि काठमाडौं बसेर पढाउन ममिले मान्नु भएन, त्यसैले दुईवर्ष प्लस टु पढे ।’
एसइइको रिजल्ट आएपनि आफूले के पढ्ने भन्नेमा बाह्रदशी–५ राजगढकी हिमा गुरुङ स्पष्ट हुन सकिरहेकी थिइनन् । के गर्ने भनेर अन्योलमा थे, ‘दिदीहरुले करियर बनाउँछौं भने होटल म्यानेजमेन्ट पढ भन्नु भयो, र पढ्नकै लागि पनि दिदीहरुले नै सम्पर्क माध्यम बनाइदिनु भयो ।’ सीप सिकेर विदेश सोच बनाएको उनले बताइन । भनिन्, ‘सुरुमा त विदेश नै हो, पछि चै स्वदेशमा आएर केही गर्ने हो ।’ हिमाका बुबा बैदेशिक रोजगारीमा छन् भने आमा इलामको मंगलबारेमा होटल चलाउछिन् ।

यसैवर्ष देखि जापानबाट सेफ समेत ल्याएर विद्यार्थीलाई कुक सम्बन्धी प्रशिक्षण दिन सुरु गरेको इष्टर्न इम्पायरका प्रमुख आलोक कार्कीले बताए । सोही अन्तरगत गत शुक्रवार जापानकी भित्सुरु खुजिताले प्राक्टिकल गराएकी थिइन् । कलेजले खुजितालाई नेपाली मौलिक खाना र भेषभूषासहित स्वागत गरेका थिए ।
तीनवर्ष देखि विर्तामोडमा सञ्चालित कलेजले नेपाल, इण्डिया, चाइना, बहराइन, माल्दिप्स, दुवई, कतार, कुवेत तथा न्यूजिल्याण्ड रोजगारीका लागि जाने गरेका छन् ।
स्कटलेण्डद्वारा प्रमाणित स्कटिज क्वालिफिकेसन (एक्युए) को प्रमाणिकरण गरेको प्रमाणपत्र विद्यार्थीले प्रमाण पत्र पाउने भएपछि विद्यार्थीको पनि आकर्षण पनि बढेको निर्मल निरौला बताए । कलेज स्थापनाको छोटो समयमा नै १३० जना बढी रोजगारीका लागि विभिन्न देशमा गएको कलेज प्रशासनले जनाएको छ ।
एकदशकसम्मको द्वन्द्व व्यवस्थापनका साथै स्थिर सरकार गठनसँगै पर्यटक आगमनको संख्यामा बृद्धि भइरहेका बेला खाद्यपदार्थ संग प्रत्यक्ष जोडिने होटलतर्फको आकर्षण बढ्नु सकारात्मक पक्ष हो । स्वदेश मै केही गर्छु भनेर जागरुक हुनु तथा दक्षताको अभावमा विदेशिएका नेपालीले क्षमता अनुसारको काम नपाइरहेको बेला किशोर किशोरीमा सीपप्रतिको जागरुकताले पक्कै पनि सकारात्मक सन्देश छर्नेछ ।

































































































