विर्तामोड । मिटर जडान गर्ने क्रममा नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।
विर्तामोड नगरपालिका विद्युत जडानका लागि विजुलीको पोलमा चढेकाविर्तामोड नगरपालिका वडा नं.–५ निवासी कुलप्रसाद भट्टराईको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।
विर्तामोड ८ स्थित बाह्रविगेमा मिटर जडानका लागि गएका भट्टराई करेन्ट लागेर भुँईमा झरपछि उपचारका लागि विर्तामोडस्थित विएण्डसी हस्पिटल पुर्याएपनि हस्पिटल पुर्याए लगत्तै डाक्टर मृत घोषणा गरेका थिए । मृतक कुलबहादरका दुई छोरा, एक छोरी र श्रीमती रहेको पारिवारिक श्रोतले जनाएको छ।
करेन्ट लागेर विर्तामोडका विद्युत कर्मचारीको मृत्यु
































































































