HomeFeatured 2बिरामी बोक्ने एम्बूलेन्सबाट गाँजा बरामद, दुईजना पक्राऊ

बिरामी बोक्ने एम्बूलेन्सबाट गाँजा बरामद, दुईजना पक्राऊ

धरान । विरामी बोक्ने एम्बूलेन्समा गाँजा भेटिएपछि सुनसरीको धरान उपमहानगरपालिका–२ रत्न रोडस्थित प्रहरीले गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बूलेन्स नियन्त्रणमा लिएको हो ।
धरानतर्फ आउँदै गरेको एम्बूलेन्स रोकेर चेक गर्ने क्रममा उक्त एम्बुलेन्सको पछाडीको भागमा झोलामा राखिएको २५/२५ केजीका ४ वटा गाँजा भरिएका झोला नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले गाँजासंगै एम्बुलेन्स चालक धरान–१५ का ३६ बर्षीय बलबहादुर लिम्बू र एम्बूलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्दै आएका २८ वर्षीय पोषण राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिरामी बोक्ने एम्बूलेन्सबाट गाँजा बरामद, दुईजना पक्राऊ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img