HomeFeatured 2कोरोना संक्रमीतलाई भोकले मर्ने चिन्ता

कोरोना संक्रमीतलाई भोकले मर्ने चिन्ता

भद्रपुर, ८ जेठ । मानिस मर्ने प्रमुख कारण मानिन्छन्–रोग, भोक र शोकले । यतिबेला कोरोना महामारी तीब्र छ । कोरोना परिक्षण गरिएकामध्ये लगभग ५० प्रतिशत बढीमा कोरोना देखिएको दिनहुँका सरकारी तथ्याङ्कले बताउँछ ।
अस्पतालमा बेड पाउन मुस्किल, बेड पाइहाले अक्सिजन, आइसियु वार्ड वा जटिल विरामी भए भेन्टिलेटर पाउनै मुस्किल । त्यतिमात्रै होइन भद्रपुर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका विरामीहरूले समयमा खान नपाएको गुनासो गरेका छन् ।
रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै त्यहाँ उपचाररत विरामीले ज्यान बचाइदिन अपील गरेका छन् ।
रोगसित लड्न अतिआवश्यक खानपान व्यवस्थापकीय कामजोरीले समयमा पाउन नसकिने अवस्थाका कारण अस्पतालमा उपचाररत विरामीले रोगबाटभन्दा भोकले मर्नुपर्ने अवस्था आएको भन्दै भिडियो मार्फत सार्वजनिक अपील गरेका हुन् ।
कोभिड १९ संक्रमणले सिकिस्त भएका विरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पताल व्यवस्थापकीय लापरवाहीले अस्तव्यस्त भोक ;हेर बस्न न;किने अवस्थामा पुगेको विरामीहरूले फेसबुक मार्फत सार्वजनिक गर्न थालेका छन् ।
अस्पतलमा रहेका विरामीहरूका अनुसार कोभिड १९ उपचार अस्पतालमा विहानको नास्ता ९ वजेपछाडि आइपुग्ने गरेको छ भने खाना मध्यान्न १ वजेपछि आउने गर्दा खानपानको समय अनियमित हुने कारण विराम निको हुन समय लाग्ने अवस्था छ ।विरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन कमजोर रहेको अस्पतालमा उचित सरसफाई र पोषणयुक्त खानाको व्यवस्थापन कमजोर छ । अस्पतालमा रहेका विरामीहरूले भिडियो मार्फत रोगबाट छिटो छुट्कारा पाउन समयमा खाना पाउने वातावरण बनाइदिन सरोकारवालासित आग्रह गरेका छन् । उनीहरूले रोगबाट होइन भोकबाट मनु पर्ने बाध्यकारी अवस्था अन्त्यको माग समेत गरिरहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोरोना संक्रमीतलाई भोकले मर्ने चिन्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img