HomeFeatured 2महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँचबारे प्रशिक्षण

महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँचबारे प्रशिक्षण

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण विहीवार भर्चुअल रुपमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य रहेको प्रशिक्षणको सहजीकरण साउथ एशिया चेकका सम्पादक दीपक अधिकारीले गरेका थिए ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा झापासहित १ नं। प्रदेशका विभिन्न जिल्लाबाट ९७ जना पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले अहिले महामारीको समयमा ‘फ्रन्टलाइनर’को रुपमा रहेका पत्रकारले आफू सुरक्षित भएर नागरिकलाई सुरक्षित राख्न सही सूचना दिनुपर्नेमा जोड दिए । गलत सूचनाले समाजमा ठूलो समस्या सृजना गर्ने भन्दै प्रमुख अतिथि पोखरेलले महामारीको समयमा अझ संवेदनशील र तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका छन् । ‘सामाजिक उत्तरदायित्वको सिद्धान्तमा रहेर पत्रकारिता गर्न सबै पत्रकारमा आग्रह गर्दछु’– पोखरेलले भने– ‘अहिलेको समयमा सूचनाको संकट आउन नदिनु र तथ्यफरक समाचार सम्प्रेषण गर्नु सबै पत्रकारको दायित्व हो ।’
प्रशिक्षणका सहजकर्ता अधिकारीले पत्रकारले तथ्य र पारदर्शीतालाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले कसैले बोलेको कुरालाई आधार बनाएर होइन तथ्यगत रुपमा उक्त कुरा कतिको सही छ भनेर परीक्षण गरेर मात्र सम्प्रेषण गर्नुपर्ने बताए । तथ्य जाँच नगरी हतारमा समाचार सम्प्रेषण गर्दा समाजमा ठूलो क्षति पुग्ने भन्दै उनले तथ्य जाँचको अभ्यासलाई अनिवार्य गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । अझ महामारीको समयमा गलत र भ्रामक समाचारले व्यक्तिको मानसिकता र समाजमा नकारात्मक असर पर्नेतर्फ सबै पत्रकार सचेत हुनुपर्नेमा उनको जोड छ ।
महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा सहसचिव अर्जुन राजवंशीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा झापासहित विभिन्न जिल्लाका सञ्चारकर्मीहरुले जिज्ञासा र सुझाव राखेका थिए । झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाई, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा सन्तोष गुप्ता, विष्णु पोखरेल, चूडामणि शर्मा, सन्तोष अग्रवाल, युद्धबहादुर बोहोरा, राम निरौला, सृजन घिमिरे, ढण्डीराज घिमिरे, बिनोद पाण्डे, भोजराज राई, मिनप्रकाश उप्रेती, सन्तवीर लामा, धर्मेन्द्र मामा, राजन साम्पाङ, लक्ष्मी उप्रेती, चिरञ्जीवी घिमिरे, उमानाथ भण्डारी, युवराज रेग्मी, देवु बानियाँ लगायतले जिज्ञासा र सुझाव राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँचबारे प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img