सैनिक । विर्तामोड नगरपालिका वडा नं.–१० मा आजदेखि तीनदिने उद्घोषण तालिम शुरु भएको छ ।
वडास्तरिय महिला सञ्जालको आयोजनामा सञ्चालित तालिमको विर्तामोड नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ध्रुवकुमार शिवाकोटीले समुद्घाटन गर्नुभएको थियो । महिला सञ्जालका अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षता तथा नगरप्रमुख शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, विशेष अतिथि विर्तामोड नगरपालिका वडा नंं–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य गिता घिमिरे पोखरेल, तेलकानी टोल विकास संस्थाका अध्यक्ष राम लिम्बू, चम्मरधाम टोल विकास संस्थाका अध्यक्ष विनोद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सृजना मोक्तानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सावित्रा राजवंशीले गर्नुभएको थियो । तालिमको सहजीकरण स्वस्तिका आचार्यले गर्ने बताइएको छ ।
बिर्तामोड १० मा तीनदिने उद्घोषण तालिम शुरु
































































































