Homeसमाचारप्रदेशसहित १४ जिल्लाका ८ जिल्लामा युनियनको नेतृत्व, प्रेस चौतारी ३, तीन जिल्लामा...

प्रदेशसहित १४ जिल्लाका ८ जिल्लामा युनियनको नेतृत्व, प्रेस चौतारी ३, तीन जिल्लामा १/१

झापा । नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न निर्वाचनबाट प्रदेश नं.–१ को अध्यक्षसहित ८ वटा जिल्लामा नेपाल प्रेस युनियनको नेतृत्व स्थापित भएको छ । अन्य ६ जिल्ला मध्ये प्रेस चौतारी ३, प्रेस चौतारी (नेपाल पक्ष), प्रेस संगठन र प्रेस मञ्चमा आवद्ध पत्रकार पत्रकारले १/१ वटा जिल्लामा नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् ।
निर्वाचनबाट नेपाल पत्रकार महासंघ प्रदेश–१ को अध्यक्षमा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरेसहित घिमिरे नेतृत्वको प्यानल नै विजयी भएको छ ।
नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको साझा प्यानल खडा गरी नेपाल प्रेस युनियनका घिमिरेको नेतृत्वमा प्रतिष्पर्धात्मक चुनावी मैदानमा उत्रिएको थियो ।
निर्वाचनबाट घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेकोे प्रेस चौतारी नेपालका तर्फबाट उम्मेद्वार भनेका मोहन काजी नेतृत्वको प्यानललाई पछि पारेको हो । २०७७ साल पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको घटनालाई प्रतिगमन ठहर गर्ने प्रेस युनियनसहित अन्य पत्रकारका संघ संगठनमा आवद्ध पत्रकारहरुको अधिकतम ठाउँमा साझा प्यानल बनाएर महासंघको निर्वाचनमा एकठाउँमा उभिएका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश नंं.–१ को नेतृत्वका लागि नेपाल प्रेस युनियनको नेतृत्वमा, प्रेस संगठन, प्रेस चौतारी नेपाल (माधव पक्ष) र क्रान्तिकारी पत्रकार महासंघबीच साझा प्यानल निर्वाचनमा थियो । प्रदेश–१ मा अध्यक्षमा घिमिरे, उपाध्यक्षमा लवदेव ढुङ्गाना, हिमाकुमारी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिवमा देवेन्द्र कार्की, समावेशी सहसचिवमा सन्तोष यादव र कोषाध्यक्षमा विमल लामिछाने (बुद्धि) निर्वाचित भएका छन् ।
२१ सदस्यीय कार्यसमितिको खुल्ला सदस्यमा सुरेन्द्र भण्डारी, लीलाराज झापाली, ध्रुव भट्टराई, तोयानाथ भट्टराई, गोपालप्रसाद पोखरेल निर्वाचित हुँदा महिला सदस्यमा शुशिला पाठक, विनु तिम्सिना र माला पालुङ्वा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा दलिततर्फ पिवी दियाली, जनजातितर्फ विष्णु सुब्बा र यमनकुमार दनुवार, मधेशीतर्फ प्रमोदकुमार यादव र ब्रहमदेव यादव तथा अल्पसंख्यकका तर्फबाट लीलाबहादुर सुनुवार निर्वाचित भएका छन् ।
१४ जिल्ला रहेको प्रदेश–१ का ताप्लेजुङ (आनन्द गौतम), पाँचथर (गिरीराज बास्कोटा), इलाम (विप्लव भट्टराई), झापा (एकराज गिरी), धनकुटा (नगेन्द्र राई), तेह्रथुम (अमृत बास्तोला), संखुवासभा (इन्द्र गिरी) र खोटाङ (दिलीप दाहाल)–को अध्यक्षमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकार निर्वाचित भएका हुन् । त्यस्तै मोरङ (संजीव खनाल), उदयपुर भरत खड्का) र सोलुखुम्बु (नुतन शेर्पा) मा प्रेस चौतारीमा आवद्ध पत्रकारले नेतृत्व गरिरहँदा भोजपुर (एक्सन राई) मा भने प्रेस चौतारी (नेपाल पक्ष)मा आवद्ध पत्रकार जिल्लाको नेतृत्वमा पुगेका छन् । त्यसैगरी सुनसरी (जनकऋषि राई) मा प्रेस संगठनमा आवद्ध पत्रकारले अध्यक्ष नेतृत्वमा पुग्दा ओखलढुङ्गा (लाक्पा जी शेर्पा) मा भने प्रेसमञ्चमा आवद्ध पत्रकार अध्यक्ष बनेका छन् ।
एकहजार छसय १५ जना मतदाता रहेको प्रदेश–१ का १४ सय एकहजार चारसय ८७ जनाले मतदान गरेका थिए ।
यो पटकको निर्वाचनबाट देशभरका ४३ जिल्लामा प्रेस युनियनमा आवद्ध पत्रकारको नेतृत्व स्थापित भएको छ । त्यसैगरी प्रेस चौतारी १२, प्रेस संगठन १०, प्रेस चौतारी (माधव पक्ष) ६ जिल्ला र ३ जिल्लामा प्रेस मञ्चमा आवद्ध पत्रकार नेतृत्वमा निर्वाचित भएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेशसहित १४ जिल्लाका ८ जिल्लामा युनियनको नेतृत्व, प्रेस चौतारी ३, तीन जिल्लामा...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img