Homeसमाचारसि.के र गिरिराजकुमारीको योगदान अविस्मरणीय

सि.के र गिरिराजकुमारीको योगदान अविस्मरणीय

विर्तामोड । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पन्न परिवारमा जन्मेर पनि सि.के. प्रसाई र गिरिराजकुमारी प्रसाईंले राजनीतिक तथा सामाजिक परिवर्तनमा देखाएको अग्रसरता उदाहरणीय रहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ स्व. गिरिराजकुमारी प्रसाईको स्मृतिमा नेपाली कांग्रेस झापाद्वारा आयोजित श्रद्धाञ्जलीसभामा बोल्नै सभापति देउवाले समाजवादी चिन्तक सि.केले देखाएको बाटो र उहाले आफ्नो जीवनमा अनुकरण गरेको समाजवादी चरित्र अवलम्बन गर्र्नुपर्नेमा जोड दिनुभएको हो । प्रसाई परिवार कांग्रेसका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै प्रसाई परिवारले गरेको राजनीतिक र सामाजिक योगदान कदरयोग्य रहेको बताउनुभयो ।


कार्यक्रममा सहभागी सबै नेताहरुले राजनीतिक भाषण नगरी स्व. सि.के. प्रसाई र गिरिराजकुमारी प्रसाईले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वश्वहरण, निर्वासन लगायत विभिन्न यातना खेप्नुपरेको उल्लेख गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रजातन्त्र, समाजवाद, वाक तथा अभिब्यक्ति स्वतन्त्रता, देश र जनताको सर्वोच्चताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सम्पन्न परिवारमा जन्मनुभएकी गिरिराजकुमारी प्रसाईले सर्वश्वहरणमा परेर निर्वासनको सजाय भोगिरहेका बेला सि.के.सँग विवाह गर्नु नै सबैभन्दा ठूलो त्याग रहेको उल्लेख गर्नुभयो ।
सि.के. र गिरिराजकुमारी प्रसाईले राजनीतिक र सामाजिक काममा गरेको योगदान अत्यन्तै उदाहरणीय रहेको चर्चा गर्दै सि.के. चिन्तन प्रतिष्ठान, विराट–भरत विश्रान्ति भवन निर्माण लगायतका थुप्रै सामाजिक काम गरेको चर्चा गर्नुभयो ।
‘सि.के.लाई जस्तोसुकै परिस्थितिमा पनि विचलित हुन नदिई राजनीतिक परिवर्तन र प्रजातान्त्रिक आन्दोलनमा लागिरहन गिरिराजकुमारी प्रसाईले गरेको योगदान अविस्मरणीय छ, सिटौलाले भन्नुभयो–‘ज्ञानु मुमा एक असल गृहिणी, असल राजनीतिज्ञ र असल सामाजिक अभियान्ता हो ।’
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, केशवकुमार बुढाथोकी, सरिता प्रसाई, पूर्व मन्त्री केशव थापा, नेपाली कांग्रेस इलामका सभापति हिमाल कर्माचार्य, स्व. प्रसाईकी छोरी रमिता प्रसाई, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, नेकपा माओवादी झापाका विष्णु साम्पाङ, जनता समाजवादी पार्टीका अनुप राजवंशी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति राम कट्टेल र सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसि.के र गिरिराजकुमारीको योगदान अविस्मरणीय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img