भद्रपुर । खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीको परिषद् भेला तथा १८ औ बार्षिक साधारण सभा शनिवार चन्द्रगढीमा सम्पन्न भएको छ ।
भद्रपुर नगरपालीकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको गत आवको गतिविधि, आयव्यय र चालु आवको लक्ष्यसहितको प्रतिवेदन अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्तुत गर्र्नु भएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार सडक निर्माणको क्रममा ३३ किलोमिटरको क्षेत्रमा खानेपानीको पाइप विस्तार भएपनि अन्य भौतिक संरचना निर्माण हुन बाँकी रहेको उल्लेख गरिएको छ ।
सह आयोजना मार्फत खानेपानी वितरणको कार्य शुरु भई सकेको जानकारी दिंदै उपभोक्तालाइ निरन्तर पानी उपलब्ध गराउन समिति प्रतिबद्ध भएर लागिरहेको बताउनु भयो । गत आर्थिक वर्ष २०७६/७७ मा एककरोड, ५७ लाख, २७ हजार नौसय ७४ रुपैयाँ आम्दानी भएकोमा खर्च कटाएर नगद १२ लाख ७९ हजार चारसय ८१ रुपैयाँ बचत गर्न सफल रहेको जानकारी दिंदै चालु आवमा २२ लाख ३५ हजार पाँचसय ९२ रुपैयाँ बचत गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेपाली कांग्रेस झापा क्षेत्रं नं ३ क्षेत्रीय सभापति गणेश पोखरेल, नेकपा एमाले भद्रपुर नगर ईन्चार्ज असारु राजबंशी , समाजसेवी विष्णु शिवाकोटी ,पूर्व अध्यक्षहरु अमरबहाुर कार्की , लेखनाथ निरौला ,कर्मचारीहरुको आधिकारीक टे«डयुनीयन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाँई , वार्ड ७ र १० का वार्ड अध्यक्षहरु विनोदप्रसाद पोखरेल, टेकबहादुर खड्का काजी, चन्द्रगगढी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष हिराप्रसाद पोखरेल, चुडामणि मैनाली ,गोविन्द कोईराला लगायतले बोल्नु भएको थियो ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बाबुराम कार्की र स्वागत सह सचिव टंककुमारी पोखरेलले गर्नु भएको थियो ।
चन्द्रगढी खानेपानीको परिषद भेला र १८ औं साधारणसभा सम्पन्न

































































































