Homeसमाचारतामाङ ताम्बा ह्रिमठीम (संस्कार संस्कृति) प्रशिक्षण सम्पन्न

तामाङ ताम्बा ह्रिमठीम (संस्कार संस्कृति) प्रशिक्षण सम्पन्न

बिर्तामोड । तामङहरुको मौलिक ह्रिमठीम (संस्कार संस्कृति) जोगाउन बिर्तामोडका तामाङहरु लागिपरेका छन् । अरुको सिको गर्ने क्रममा आफ्नो मौलिक जातीय ह्रिमठीम (संस्कार संस्कृति) बिर्सिदै गएको भन्दै त्यसको जगेर्नामा लागेका हुन् । आफ्ना ह्रिमठीम (संस्कार संस्कृति) लाई बचाउन सहयोग पुर्याउने उद्देश्यले बिर्तामोडमा तीनदिने ताम्बा ह्रिमठीम प्रशिक्षण सम्पन्न गरिएको छ।
नेपाल तामाङ घेदुङ बिर्तामोड– ४ नं वडा कार्यसमितिको आयोजना तथा विर्तामोड नगरपालिका वडा न ४ को आर्थिक सहयोगमा नमो बौद्ध गुम्बामा ताम्बा ह्रिमठीम (संस्कार संस्कृति) का बारेमा जन्म देखि मृत्यु सम्म अनिवार्य गर्नुपर्ने कार्यको प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा बिर्तामोड नगरका ६ वटा वडाका घेदुङ कार्यसमितिहरु, बुद्धशान्ति, हल्दिबारी, कचनकवल गा. पा. बाट सहित २३ बर्ष देखि ७५ बर्ष सम्मका ५१ जनाको सहभागीता रहेको थियो ।


तामाङहरुको जन्मदेखि मृत्युसम्म आफ्नै ह्रिमठीम (संस्कार संस्कृति) रहेको छ । बसाइँसराइ, आधुनिक र मिश्रित बसाइका क्रममा आफ्नो ह्रिमठीम (संस्कार संस्कृति) छोड्दै गएका छन् । त्यही भएर यस किसिमको प्रशिक्षण आयोजना गरिएको आयोजक नेपाल तामाङ घेदुङ बिर्तामोड ४ नं वडा समितिका अध्यक्ष रुद्रबहादुर स्याङ्बो तामाङले बताउनु भयो । ह्रिमठीम (संस्कार संस्कृति) सम्बन्धी हेर्ने नेपाल तामाङ ताम्बा केन्द्रीय घेदुङलाई ताम्बा ह्रिमठीमको प्रशिक्षणका लागि माग गरेको थियो । माग अनुसार तामाङ ताम्बा ह्रिमठीम (संस्कृतबिद) ताम्बा घेदुङ्का अध्यक्ष पासाङ मोक्तान र महासचिव टेक घिसिङले तामाङ जातिको मौलिक संस्कार संस्कृतिका बारेमा सहजीकरण गरेका थिए ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा प्रमुख अतिथि प्रसाई र विशेष अतिथि बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले तामाङको पहिचान जोगाउन र निर्माणधिन नमो बौद्ध गुम्बा पुरा गर्न यथाशक्य सहयोग गर्ने प्रतिबद्धता बताउनु भएको थियो । नेपाल तामाङ घेदुङ बिर्तामोड ४ नं वडा समितिका अध्यक्ष रुद्रबहादुर स्याङ्बो तामाङको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङका १ नं प्रदेशका सल्लाहकार सदस्य पदमबहादुर ग्याबक तामाङ (देबराज), घेदुङका जिल्ला समन्वय समिति झापाका अध्यक्ष काजीमान घिसिङ, प्रशिक्षक पासाङ मोक्तान, घेदुङका बिर्तामोड नगर अध्यक्ष हस्तबहादुर लुङ्बा, उपाध्यक्ष विनिता योन्जन, नेपाल तामाङ घेदुङ मेचीनगर उपाध्यक्ष रामबहादुर वाइबा, नेपाल तामाङ लामा घेदुङका झापा जिल्ला अध्यक्ष चन्द्रबहादुर घिसिङ, प्रशिक्षणका सहभागी झनबहादुर योन्जन लगायतले बोलेका थिए । नगर सचिव सूर्यमान पाख्रिनले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य घेदुङ ४ न. वडा उपाध्यक्ष कर्मसिंह घिसिङले गरेका थिए । प्रशिक्षणमा सक्रियता साथ ३ दिन सम्म सहभागी हुने १७ महिला १४ पुरुष गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुलाई ताम्बा आधारभूत प्रशिक्षणको प्रमाणपत्र वितरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतामाङ ताम्बा ह्रिमठीम (संस्कार संस्कृति) प्रशिक्षण सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img