HomeFeatured 2एबिसीको प्रदेश संरचना : संयोजकमा शर्मा

एबिसीको प्रदेश संरचना : संयोजकमा शर्मा

विराटनगर । मानव बेचविखनका क्षेत्रमा ३ दशक भन्दा लामो इतिहास बोकेको एविसी नेपालको प्रदेश संरचनामा गएको छ । यसैवर्षदेखि प्रदेश संरचना विस्तार गरेको एबिसीको प्रदेश–१ स्तरिय समितिले पदभार ग्रहण गरेको छ ।
तीन सदस्यीय १ नं. प्रदेशस्तरिय समितिको संयोजकमा विष्णु शर्मा र सदस्यद्वयमा एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला तथा गिताञ्जली शर्मा रहेका छन् । शर्मा एबीसी नेपालको २०५० सालदेखि मोरङ अध्यक्ष हुनुहुन्थ्यो । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर प्रदेश समितिलाई विराटनगरमा आयोजित एक कार्यक्रमका बीच मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले माला र अविर लगाएर पदस्थापन गराउनु भएको छ ।
प्रदेश संरचना विस्तारसंगै झापा बाहेक यसअघि जिल्लामा भएका संरचनाहरु भने हटाइएको छ । अबको कार्यक्रम प्रदेशबाटै सञ्चालन हुने बताइएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका निरौलाले बेरोजगारी र छिटो पैसा कमाउने महत्वकांक्षाका कारण पछिल्लो समय पुरुषपनि बेचविखनमा पर्ने गरेको बताउनु भयो । घरैबाट हुने विभेद अन्त्य गर्नुपर्नेतर्फ ध्यानकर्षण गराउँदै निरौलाले भौगोलिक परिस्थिति, जातजाति र समुदाय अनुसार हिंसाका घटना फरक फरक भएको बताउँदै भन्नुभयो–‘राजनीतिक रुपले कानून पूर्ण भएपनि कार्यान्वयनका क्रममा देखिएका समस्या र परनिर्भरताले समस्या निम्त्याएको छ ।’
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल (इन्सेक) का सोमराज थापाले सम्पत्तिले मात्र समाज परिवर्तन हुन नसक्नेतर्फ धारणा राख्दै सचेतना जरुरी रहेको बताउनु भयो । उहाँका अनुसार तत्कालिन माओवादी र सरकारबीच भएको शान्ति सम्झौता पछि सबैभन्दा बढी अपराधका घटनामध्ये महिला हिंसाका घटना भएका छन् ।
कार्यक्रममा भारत सितामणीकी किशोरीलाई पुर्नस्थापना गराउन भूमिका खेल्ने बरुण मिश्र, रोटरी क्लब डाउन–टाउन र लायन्स क्लव अफ मिल्स एरियालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव सामाजिक विकास प्रमुख दुर्गा बरालले परिवर्तनका आन्दोलनमा महिला नेतृहरुको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा एबिसी झापा अध्यक्ष तथा प्रदेश सदस्य सिटौलाले कानून बनाएर मात्र सुरक्षित हुन नसकिने बताउँदै कार्यान्वयनमा ल्याउन नियामक निकायले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका सुबोध पोखरेल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले मानव बेचविखन नियन्त्रणमा देखिएका समस्याबारे चर्चा गर्नुभएको थियो भने प्रदेश संयोजक शर्माले स्वागत तथा औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2एबिसीको प्रदेश संरचना : संयोजकमा शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img