HomeFeatured 2अध्यक्ष कप फुटवलको उपाधि जलथल एफसीलाई

अध्यक्ष कप फुटवलको उपाधि जलथल एफसीलाई

मदरगाछ । दिपज्योती युवा क्लब झापा गाउँपालिका वडा न ७ को आयोजनामा संचालित अध्यक्ष कप फुटवल प्रतियोगिताको फाईनेल खेल मंगलबार सम्पन्न भएको छ ।
फाईनलमा जलथल फुटबल क्लब र ब्रदर्स युनाइटेड चन्द्रगढी बीच भएको प्रतिस्पर्धामा २(१ को गोल अन्तरले चन्द्रगढीलाई हराउँदै जलथलले उपाधि रक्षा गरेको हो ।जलथलका तर्फबाट खेलको १५ औं मिनेटमा योगेस गुरुङले गोल लगाए संगै पुनः खेलको २५ औं मिनेटमा मौसम लिम्बुले १ गोल थपेका थिए।खेलको ६५ औं मिनेटमा ब्रदर्सका बिकास राइले एक गोल फर्काए पनि हार टाल्न सकेनन्। विजेता बनेको जलथलको टीमले नगद १ लाख १ हजार १११, प्रमाणपत्र र मेडल पाएको छ । त्यसैगरी उपविजेता टीम ब्रदर्सले नगद ५१ हजार १११, प्रमााणपत्र र मेडलमा चित्त बुझाएको छ । आजका म्यान अफ दी म्याच जलथलका योगेस गुरुङ भए।त्यस्तै बेस्ट डिफेन्समा जलथलका सन्जित राई,हाइग स्कोरर सुनिल खड्का र बेस्ट प्लेयर मौसम लिम्बू भए।बेस्ट किपरमा उपविजेता टिमका आमस टुडु घोषित भए भने राइजिङ स्टार आयोजक टिमका नरेस मुर्मु घोषित भए।उनीहरुले नगद सहित मेडल,टर्फी र प्रमाणपत्र पाए।
झापा गाउँपालिका अध्यक्ष कपमा प्रदेसका ८ वटा टिमले भाग लिएको क्लबका अध्यक्ष डिल्लीराम चुडालले जानकारी दिएका छन् ।क्लबका अध्यक्ष डिल्लीराम चुडालको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए। तेज श्रेष्ठले स्वागत गरेको कार्यक्रममा कुमारमणी पोखरेल, नेत्रप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन वासु दाहालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अध्यक्ष कप फुटवलको उपाधि जलथल एफसीलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img