झापा २४ माघ । कोभिड १९ को महामारीमा ‘सोनाम ल्होछार २८५७ घर घरमा मनाऔं’ भन्ने नाराका साथ नेपाल तामाङ विद्यार्थी घेदुङले मन्जुश्री सम्वत २८५७ लाङ ल्हो सोनाम ल्होछार मनाएका छन् ।
नेपाल तामाङ विद्यार्थी घेदुङ संघ झापाका अध्यक्ष प्रकृति घिसिङको अध्यक्षता तथा नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय उपाध्यक्ष ईश्वरी थिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले जातीय मौलिक संस्कृतिका रुपमा रहेको बाजाहरु डम्फू, टुङ्ना बजाउन सिक्नुपर्नेमा जोड दिनुभयो । तामाङ विद्यार्थीहरु शिक्षाबाट बन्चित हुनु नहुने र हरेक क्षेत्रमा नेतृत्व हस्तक्षेप गर्न तयार रहनुपर्नेमा जोड दिंदै आफ्नो मौलिक सांस्कृतिको पहिचान र संरक्षणमा पनि त्यतिकै जागरुक हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि ईश्वरी तामाङले तामाङ विद्यार्थीहरु शिक्षाबाट बन्चित हुनु नहुने र हरेक क्षेत्रमा नेतृत्व हस्तक्षेप गर्न तयार रहनुपर्ने बताए। उनले तामाङ विद्यार्थीहरुलाई साँस्कृतिक बाजा डम्फू र टुङना बजाउन समेत सिकाउनुपर्ने जोड दिए ।
विशिष्ट अथिति रेख बहादुर घिसिङले तामाङले आफ्नो पहिचान भुल्नु नहुनेमा जोड दिंदै तामाङको कार्यक्रममा अनिवार्य मौलिक पोशाक लगाउन आग्रह पनि गर्नुभयो ।
विद्यार्थी घेदुङ सचिव हैकम घिसिङले आगामी बर्षको जेठमा हुने जनगणनामा तामाङ जाति, भाषा र बौद्ध धर्म लेख्न र लेखाउनका लागि अभियान नै संचालन गर्नुपर्ने धारणा राख्नुभयो । विद्यार्थी घेदुङ संघीय कार्यसमितिबाट आगामी जनगणनालाई अभियानको रुपमा लैजाने कार्यमा लाग्न सबै विद्यार्थीहरुलाई निर्देशन समेत दिनुभयो । विद्यार्थी घेदुङ संघीय सदस्य रोशन लामाले तामाङ विद्यार्थीहरुले पनि राजनीतिमा प्रवेश गर्नुपर्ने बताउदै तामाङ जातिको विकास नेतृत्वका लिने कुरामा पछि नहट्न आग्रह गर्नुभयो ।
नेपाल तामाङ घेदुङ प्रदेश न. १ सल्लाहकार पदमबहादुर तामाङ (देवराज) ले आगामी जनगणनामा तामाङहरु सचेत हुनुपर्न बताउनु भयो ।
सुष्मा तामाङको संचालन तथा उपाध्यक्ष कन्चन रुम्बाको स्वागत मन्तव्य रहेको थियो ।
अब हुने राष्ट्रिय जनगणनामा तामाङहरु सचेत हुनुपर्नेमा जोड

































































































