HomeFeatured 2‘संसद पुनःस्थापना नभए मुलुक बर्बादीतिर जान्छ ’ – भुषाल

‘संसद पुनःस्थापना नभए मुलुक बर्बादीतिर जान्छ ’ – भुषाल

झापा २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषालले प्रतिनिधिसभा पुनस्र्थापना नभए देश बर्बादीतर्फ जाने बताउनुभएको छ । शनिबार झापाको विर्तामोडमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुषालले सत्य र निष्ठाको सधै जीत हुने बताउँदै आफूहरु सत्यको पक्षमा रहेकाले सर्वोच्चको फैसलाबाट संसद पुनस्र्थापना हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण संसद पुनस्थापना नभए फागुन १५ पश्चात डरलाग्दो स्थिति श्रृजना हुने उहाँको भनाई छ ।
‘अबको विकल्प कि प्रतिनिधि सभा पुनर्स्थापना कि सर्वनाश मात्र हो’ नेता भुषालले भन्नुभयो–‘अब अरू कुनै उपाय छैन कि संसदको पुनर्स्थापना कि सर्वनाश।’ प्रतिनिधि सभा पुनर्स्थापना नभए देश सर्वनाशतिर धकेलिने भुसालको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बाहेक अरू केही नहेरेको उहाँको टिप्पणी छ ।
ओलीले अवसर दिएका केही मान्छेमात्रै उनको अघिपछि घुमेको बताउँदै नेता भुषालले अब ओलीसँग जनमत नभएको टिप्पणी समेत गर्नुभयो ।
नेकपाकै प्रचण्ड–नेपाल समूहका अर्का नेता सुरेन्द्रकुमार कार्कीले अहिले कम्युनिष्टबीचको शक्ति संघर्षलाई ‘क्लास वार’को संज्ञा दिनुभयो । सोही कार्यक्रममा मन्तब्य राख्दै नेता कार्कीले पार्टीको नेतृत्वले अझैसम्म पनि लक्षित वर्ग नचिनेको भन्दै प्रधानमन्त्रीले पूँजीवादलाई नै प्राथमिकता दिएको बताउनुभयो ।
‘‘नेपालमा किसान केन्द्रित कार्यक्रम ल्याउन जरुरी छ’– नेता कार्कीले भन्नुभयो । अबको दल सामुहित नेतृत्वमा जानुपर्ने धारणा राख्नुभएका कार्कीले ओलीको एकल नेतृत्व चाहेको धारणा राख्नुभयो । यसैबीच विर्तामोडमा सम्पन्न कार्यकर्ता भेलाले प्रतिगमन विरुद्धको विर्तामोड नगरस्तरीय संघर्ष समिति समेत गठन गरेको छ । नेकपा नेता रोमणि भटराईको संयोजकत्वमा ५०१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।रविन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजय साङपाङले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘संसद पुनःस्थापना नभए मुलुक बर्बादीतिर जान्छ ’ – भुषाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img