इलाम १० बैशाख । ‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ इलामको पर्यटकीय स्थल श्री अन्तुमा पर्यटन पत्रकारिता ुतालिम शुरु भएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र पर्यटन कार्यालय काँकडभिट्टा झापाको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको तालिमको पर्यटन वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री भीम पराजुलीले उद्घाटन गरेका छन्।
बरिष्ठ पत्रकार मोहन मैनालीले सहजीकरण गरिरहनु भएको तालिममा इलाम, झापा, सुनसरी , मोरङ, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका ३५ जना पत्रकारहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो । तालिम १३ गते सम्म सञ्चालन हुनेछ ।
इलाममा पर्यटन पत्रकारिता तालिम शुरु

































































































