Homeसमाचारसार्वजनिक जमिनको विवरण बुझाउन टोल विकासलाई आह्वान्

सार्वजनिक जमिनको विवरण बुझाउन टोल विकासलाई आह्वान्

बिर्तामोड बैशाख । बिर्तामोड नगरपालिका वडा नं. १० ले वडा भित्रकोे सार्वजनिक जग्गाको विवरण बुझाउन टोल विकास संस्थालाई सार्वजनिक रुपमा आवह््वान गरेको छ ।
वडाअध्यक्ष दुर्योधन गुरुङद्वारा हस्ताक्षरित सूचनामा १० नं. वडामा रहेका सरकारी जग, सुकुम्वासी बस्ती विवरण, पर्ती ऐलानी सार्वजनिक बस्ती बसेको विवरण तथा गुठीसंस्थाको बस्ति वा जमिन भए सो को समेत विवरण वडा कार्यालयमा बुझाउन वडाभित्रका टोल विकास संस्थालाई अनुरोध गरिएको छ ।
स्थानीय तहको विकास निर्माणदेखि सार्वजनिक सरोकारका काममा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेसंगै जग्गाको विवरण संकलनका लागि पनि उनीहरुलाई नै जिम्मेवार बनाइएको हो ।
वडाले सार्वजनिक जग्गाको संरक्षण र सुशासन कायम गर्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तोकिएको समय सीमाभित्रै सत्यतथ्य विवरण बुझाउन अनुरोध गरेको हो ।
यो विवरण संकलन पश्चात् वडाले सार्वजनिक सम्पत्तिको लगत राख्ने र सुकुम्बासी समस्या समाधानका लागि थप योजना बनाउने लक्ष्य लिएको छ । टोल विकास संस्थाहरुले बैशाख १४ गतेसम्ममा आ आफ्नो टोलको विवरण बुझाउनु पर्नेछ । वडा नं. १० मा २७ वटा टोल विकास संस्था रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसार्वजनिक जमिनको विवरण बुझाउन टोल विकासलाई आह्वान्
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img