Homeसमाचारकाँचुली फेर्दै ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रगढ

काँचुली फेर्दै ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रगढ

रेवतीराज घिमिरे
भद्रपुर १५ माघ । झापाको भद्रपुर १० स्थित ऐतिहासिक पर्यटकीयस्थल चन्द्रगढको स्तर उन्नतिसंगै नयाँ जीवनी पाउने निश्चित भएको यस क्षेत्रले दिनदिनै काँचुली फेर्दै आएको छ ।
राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाको पालाबाट उनकै नामको आधारले परिचित यस चन्द्रगढको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहले सरसफाई बृक्षारोपण लगायतका विभिन्न पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिन थालेसंगै धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको चन्द्रगढले काँचुली फेर्न लागेको हो ।
समुहले वन आम्दानीको २५ प्रतिशत पूर्वाधार विकासमा खर्च गरिने नियम बमोजिम पर्यटन प्र्रवद्र्धनका लागि ८ हेक्टर जमिनमा धार्मिक तथा पर्यटकीय क्षेत्रलाई निर्माणको कार्य अघि बढाइएको छ । जस अन्र्तगत गतबर्ष एकहजार वटा आँपका विरुवा रोप्नुका साथै ४ वटा गोलघर निर्माण कार्य सम्पन्न भएको छ । क्षेत्र पहिचान गर्न तार घेरावार लगायतका विभिन्न कार्यहरु गर्ने कामलाई निरन्तरता दिएको र पछिल्लो समयमा सरसफाईको कार्यक्रम अघि बढी रहेकोछ ।
यस क्षेत्रलाई गुरुयोजना बनाएर विभिन्न १९ वटा शीर्षक भित्र रहेर बाटोको स्तर उन्नती गरिदै लैजाने, मत्स्य पालनलाई प्राथामिकतामा राखेर काम गर्ने, आक्रर्षणयुक्त बिरुवा लगायने लगायतका विभिन्न आगामी योजनाहरु रहेको समूह अध्यक्ष हिराप्रसाद पोखरेलले बताउनु भयो ।
उहाँले अहिलेसम्म हात्ती नियान्त्रणका लागि तार घेरावार गर्दै ६ किलो मिटरको क्षेत्रमा करेन्ट प्रवाह गरि सकिएको बताउदै वनभोज स्थलको निर्माण, शौचालय निर्माण लगायतका विभिन्न कार्यहरु निरन्तर भइरहेको र हालसम्म १५ लाख रुपैयाँ बराबरको खर्च भैसकेको समेत जानकारी दिनुभयो ।
हात्ती नियन्त्रणका लागि तार घेरावारा गर्न मात्र ८ लाख बढी खर्च भैसकेको र हात्ती नियन्त्रणका लागि करेन्ट प्रवाहमा जति नै जोड दिए पनि हात्तीले दुःख दिन भने नछोडेको उहाँको गुनासो छ ।
भद्रपुर नगरपालिकाबाट हाल सम्म १६ वटा सोलार पिलर जडान गरिदिए पनि बाँकी सबै खर्च भने वन समुहकै भएको समितिको कार्यलयले जनाएको छ ।
२२ सय बर्ष पुरानो यस क्षेत्रमा प्राकृतिक रुपमा १६ वटा थुम्की, २ वटा पोखरी लगायतको सुन्दर हरियाली जमिन रहेको यस क्षेत्रलाई तत्काल पर्यटन प्रवद्र्धनमा जोड दिदै देशको आय आर्जनमा टेवा पुर्याउनु पर्ने यहाँका स्थानीयवासीहरुको भनाई रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकाँचुली फेर्दै ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रगढ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img