HomeFeatured 2विवाह उत्सवमा नारी सञ्चार गृह र पूर्वाञ्चल कलाकर्मी समाजलाई सहयोग

विवाह उत्सवमा नारी सञ्चार गृह र पूर्वाञ्चल कलाकर्मी समाजलाई सहयोग

विर्तामोड १५ माघ । पछिल्लो समय बैबाहिक वर्षगाँठ, जन्मदिन मनाउने तरिकामा परिवर्तन हुँदै सामाजिक कार्यमा सहयोग गर्ने क्रम बढ्दो छ ।
यस्ता अवसरहरुमा फजुलमा गरिने खर्चलाई कटाएर सामाजिक सेवा क्षेत्रमा लगाउने क्रममा झापामा स्थापित फोटो तथा होटल व्यवसायि साहित्य तथा गीत तथा कला क्षेत्रको संरक्षणमा समर्पित देवीभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठले आफ्नो ३४ औं विवाह उत्सव संघ–संस्थालाई सहयोग तथा सम्मान गरेर मनाएका छन् ।
श्रेष्ठ दम्पत्तीले ३४ औं विवाह उत्सवका दिन विहीबार साहित्य चौतारी झापाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच झापाका महिला सञ्चारकर्मीले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र पूर्वाञ्चल कलाकर्मी समाजलाई नगद सहयोग प्रदान गर्नुका साथै गायिका मेनुका पौडेललाई सम्मान गरिएको थियो ।
विभिन्न गीत/संगीत तथा गजल प्रस्तुत गरिएको कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक समेत रहनु भएका श्रेष्ठले पूर्वाञ्चल कलाकर्मी समाजले स्थापना गरेको अक्षयकोषका लागि ५१ हजार र नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।


श्रेष्ठ दम्पत्तीले पूर्वाञ्चल कलाकर्मी समाजलाई प्रदान गरेको रकम बरिष्ठ गीतकार शिवशंकर थापा, दिपक रायमाझी र नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि प्रदान गरेको रकम कोषका संयोजक रेजिना गौतम, कोषाध्यक्ष ज्योस्ना श्रेष्ठ र सदस्य मायामितु न्यौपानेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा आगामी ३ वर्षका लागि संगीत सिक्न भारत जान लागेकी मेनुका पौडेललाई सम्मान पत्र, दोसल्ला र अन्य उपहारसहित सम्मान गरिएको थियो । साथै साहित्य चौतारी झापाले कलाकार तथा साहित्यकारको उपचारका लागि आह््रवान गरेको सहयोग रकम संकलनको कार्य पनि विहीबारदेखि नै अन्त्य भएको संरक्षक श्रेष्ठले जानकारी दिनुभयो । अभियानका क्रममा कलाकार फूर्वा योञ्जनको उपचार सहयोगार्थ संकलित रकम साहित्य चौतारी झापाका उपाध्यक्ष दिपक रायमाझीलाई हस्तान्तरण गर्दै अभियानको अन्त्य गरिएको हो ।
साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा सुनिता तामाङको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि थापा, अतिथि प्राज्ञसभा सदस्य सुभद्रा अर्याल, निर्वतमान अध्यक्ष टंक विकल्प अर्जुनधारा जलेश्वरधामका मुल गुरु अग्नी सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा ३४ औं वर्षगाँठका बेहुला देवीभक्त श्रेष्ठले गीत तथा भजन प्रस्तुत गर्नुभएको थियो भने मेनुका पौडेल, दिपक धिताल, चेतन चुडाल र रोशन अधिकारीले गीत प्रस्तुत गरेका थिए । श्रेष्ठ दम्पत्तीले ३४ वर्ष अघि अन्तरजातीय भागी विवाह गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विवाह उत्सवमा नारी सञ्चार गृह र पूर्वाञ्चल कलाकर्मी समाजलाई सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img