Homeबिबिध‘साँच्चै नै रमाइलो झापा विर्तामोड’ लोकार्पण तथा सम्मान

‘साँच्चै नै रमाइलो झापा विर्तामोड’ लोकार्पण तथा सम्मान

विर्तामोड १४ माघ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच लोकबहादुर सुवेदीको पहिलो प्रस्तुती ‘साँच्चै नै रमाइलो झापा विर्तामोड’ गीतको म्युजिक भिडियो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना र सरगम संगीतालय विर्तामोडको संयोजनमा सम्पन्न कार्यक्रममा लोकार्पित म्युजिक भिडियोमा लय तथा संगीत संकलन सुवेदीको आफ्नै रहेको बताइएको छ । दोहोरी भाकामा रहेको गीतमा बहुमुखी प्रतिभावान व्यक्तित्व मातृकाप्रसाद संग्रौला र सीता भारतीले गायनमा मुख्य भूमिका निभाएका छन् ।
सोही कार्यक्रममा साहित्य तथा कला क्षेत्रमा सक्रिय स्रष्टाद्वय भगवती ढुङ्गेल र देवीचरण भण्डारीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सम्मानित दुवैलाई कार्यक्रमका प्रमुख अतिथि गोपाल भण्डारी र प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियार, विर्तामोड नगर उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष पार्वता खरेल विमलीले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।
मातृकला साहित्य आश्रम मेचीनगरका अध्यक्ष मातृकाप्रसाद संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि भट्टराई, साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सरगम संगीतालयका संचालक दिपक रायमाझीले स्वागत गरेको कार्यक्रममा लोकार्पित गीतका गीत तथा संगीतकार लोकबहादुर सुवेदी र उनको रचनायात्रा तथा कार्यक्रमको औचित्यमाथि भगवती ढुङ्गेलले प्रकाश पार्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिध‘साँच्चै नै रमाइलो झापा विर्तामोड’ लोकार्पण तथा सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img