Homeसमाचारदमकबाट दुईकरोड ४२ लाख ४० हजार अवैध सामान बरामद

दमकबाट दुईकरोड ४२ लाख ४० हजार अवैध सामान बरामद

दमक १३ झापा । अर्काको घर भाडामा लिएर अवैध रुपमा खाद्यान्न परिपुरक अर्थात खाद्य सामग्री भण्डारण र विक्री वितरण गरेको भन्दै प्रहरीले झापा दमकबाट विना बीलको दुईकरोड ४२ लाख बढी मूल्यको सामग्री सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
घर भाडामा लिएर ओरियन्ट कम्पनीका खाद्य सामग्री अवैध रुपमा विक्री वितरण गरेको सूचनाका आधारमा प्रहरीले दमक नगरपालिका वडा–६ स्थित पदम गुरुङको घरबाट तीन करोड उनन्तिस लाख सट्सट्ठी हजार दुई सय पचास मूल्य बराबरको बरामदी सामनमध्ये दुईकरोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको सामानको बील नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।


घर भाडामा लिएर ओरियन्ट कम्पनीका खाद्य सामग्री अवैध रुपमा विक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले दमक नगरपालिका वडा–६ स्थित पदम गुरुङको घरबाट सामग्रीसहित सञ्चालक मध्येका जितेन्द्र साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तीन करोड उनन्तिस लाख सट्सट्ठी हजार दुई सय पचास रुपैयाँ बराबरको बरामदी सामग्रीमध्ये सतासीलाख २६ हजार पाँचसय २० रुपैयाको बील भएपनि बाँकी बील नभएको २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँको बील सामग्री र पक्राउ परेका साहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बरामदी सामग्री मध्ये केही सामग्री काठमाडौं महानगरपालिका–१६ मा दर्ता रहेको ग्लोबल ओरियन्स कम्पनीबाट खरिद गरेर ल्याएको देखिएपनि ठूलो परिणामको खाद्य सामग्री भन्सार छली ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले माघ १० गते नियन्त्रणमा लिएको सामग्री तथा व्यक्ति माघ १४ गते राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइने जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदमकबाट दुईकरोड ४२ लाख ४० हजार अवैध सामान बरामद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img