Homeसमाचारसेल्फिजोनमा संजिवनी महिला समूहद्वारा सरसफाई

सेल्फिजोनमा संजिवनी महिला समूहद्वारा सरसफाई

कालिझोडा १३ माघ । पछिल्लो समय पर्यटकहरुको आकर्षण बन्दै गरेको अर्जुनधारा १० स्थित कालीझोडा प्रबेश गर्ने मुख्य सडक खण्ड सेल्फिजोनमा सरसफाई कार्य सम्पन्न भएको छ । कालिका युथ र स्थानीय संजिवनी महिला कृषि सशक्तिकरण समुहको सहभागीतामा मंगलबार सरसफाई गरिएको हो ।
प्रत्येक १५/१५ दिनमा सञ्चालन गरीर्दै आएको सरसफाई कार्यक्रममा करीव ४० जनाको सहभागीता रहेको थियो । प्रगती सामुदायिक बन , युवा बचत समुह लगायत बिभिन्न संस्थाहरुले सरसफाई कार्यमा सहयोग गर्दै आएको सेल्फिजोनका संयोजक दिपेन्द्र अछामीेले जानकारी दिनुभयो ।
आफ्नो ठाउँ आफै बनाउँ भन्ने उद्धेश्यले युवाहरुले सञ्चालन गरेको अभियानमा आफुहरुले पनि सहयोग गर्न पाउँदा खुशि लागेको बताउँदै संजिवनी महिला कृषि सशक्तिकरण समुहकी सचिव मिना लामाले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।
सेल्फिजोन अवधारणलाई सफल बनाउन बिदेशमा रहेका यहाँका युवाहरुले आर्थीक सहयोग गरेका कालीका युथका उदय मेन्याङबो लिम्बुको भनाई छ । २ लाख ८५ हजारको लागतमा निर्मीत यो क्षेत्रमा बस्नका लागी सिमेन्ट र फलामको गरी करीव ३० वटा फलैँचा बनाइएको छ । यो सडक भएर आवतवाजत गर्ने यात्रुहरु मात्र नभएर झापा , ईलाम , मोरङ लगायतका बिभिन्न स्थानबाट सेल्फि लिन, टिकटक , म्युजिक भिडियो , छोटो चलचित्र बनाउन मानीसहरु यहाँ आउने गरेका छन् ।
आगामी दिनमा पार्क बनाउने ,पर्यटकहरुका सहजताका लागी धारा , कल , सौचालयको व्यबस्थापन गर्दै प्रगति सामुदायीक बन हाताभित्र रहेकोले पर्यटकहरुको सुरक्षाका लागी बिभिन्न बिकल्पहरु अपनाइने संयोजक अछामी बताउनुहुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसेल्फिजोनमा संजिवनी महिला समूहद्वारा सरसफाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img