Homeसमाचारओलीको दम्भले देश र जनतालाई दुःख–नेता सिटौला

ओलीको दम्भले देश र जनतालाई दुःख–नेता सिटौला

झापा ९ माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट पार्टीका धेरै नेता देशद्रोही र राष्ट्रघाती देखिएको बताउनु भएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा शुक्रबार जिल्ला पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले वर्तमान प्रधानमन्त्री के.पी. ओलीको तीनबर्षे कार्यकाल देश र जनताको हितमा नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीमा नैतिकता, कानून, संविधान केहीको पनि बन्देजमा नरहेको टिप्पणी गर्दै नेता सिटौलाले भन्नुभयो–‘उहाँमा नैतिकताको सीमा छैन, कानूनको अधिनमा हुनुहुन्न, संविधानको बन्देजमा हुनुहुन्न देश र जनताको हितमा काम गर्नुभएको छैन, आफ्नो पार्टी र पार्टीभित्र पनि आफ्नै गिरोहको पक्षमा मात्रै काम गरेको देखिन्छ ।’ कम्युनिष्ट पार्टीभित्रको विवादको सनकमा ओलीले संसद विगठन गरेको र यसले संविधानको ‘फण्डामेन्टल’मा नै भ्वाङ पारेको नेता सिटौलाले बताउनुभयो ।
प्रधानमन्त्रीको बोलीमा नम्रता, सिष्टता, कर्णप्रियता नरहेको उल्लेख गर्दै नेता सिटौलाले ओलीको दम्भले देश र जनताले दुःख पाएको बताउनुभयो ।


पूर्व उपप्रधानमन्त्री तथा संविधान निर्माणका क्रममा संविधानका मस्यौदाकार समेत रहनुभएका नेता सिटौलाले भन्नुभयो–‘विगतको अभ्यासमा संसद विगठनले राजनीतिक दुर्घटना निम्त्यायो, अस्थिरता सिर्जना भयो, यही अभ्यासका आधारमा संविधानमा संसदको सर्वोच्चता ब्यवस्था गरिएको हो ।’ पटक–पटकको अभ्यासमा पनि संसदले बहुमतको प्रधानमन्त्री चुन्न नसकेको अवस्थामा स्वतः संसद विगठन हुने ब्यवस्था संविधानमा उल्लेख रहेको स्पष्ट पार्दै नेता सिटौलाले संसद फेस नै नगरी संसद विगठन गर्नु प्रधानमन्त्रीको असंवैधानिक कदम रहेको टिप्पणी गर्नुभयो ।
कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको शक्ति सन्तुलन कायम राख्दै न्यायालयलाई निस्पक्ष र तटस्थ राख्न संविधान निर्माणकै क्रममा तत्कालीन प्रधानन्यायधीससहित ५ जना न्यायधीससँग परामर्श गरेरै संविधान निर्माण गरिएको जानकारी दिदै नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
‘सर्वोच्चले संसद विगठनको पक्षमा निर्णय दिए राजनीतिक अस्थिरता निम्तिन्छ,’–नेता सिटौलाले भन्नुभयो–‘सर्वोच्चले सरकारको अघि घुँडा टेक्यो भने अरु कुनै संवैधानिक निकायले निश्पक्ष काम गर्न सक्दैनन् ।’
नेपाली कांग्रेस हार्दा आत्तिने र जित्दा मात्तिने पार्टी नभएको स्पष्ट पार्दै नेता सिटौलाले भन्नुभयो–‘कांग्रेसले सबैलाई राजनीतिक मूल्य, मान्यता, लोकतान्त्रिक पद्धति, विधिको शासनमा हिडाउँछ, कांग्रेस लोकतान्त्रिक पद्धतिको संस्थागत विकासकै लागि संघर्षरत छ।’
कांग्रेसका अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले च्यातिएको र मिचिएको संविधान लिएर कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै संविधानलाई ट्र्याकमा ल्याएर मात्रै चुनावमा जाने बताउनुभयो ।
सर्वोच्च अदालतले समयमै फैसला नदिए र निर्वाचन आयोगले समयमा चुनाव चिन्ह नदिए चुनाव हुन नसक्ने बताउँदै नेता बुढाथोकीले निर्वाचन नभए मुलुक अँध्यारो सुरुङमा फस्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको सरकारलाई म्यान्डेट बाहिर नजान संसदमार्फत नै पटक–पटक सुझाएको बताउँदै ओलीको दम्भले देशलाई दुर्घटनामा पु¥याएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, सुनसरी जिल्ला सभापति राजीव कोइराला, १ नं प्रदेशका कांग्रेस संसदीय दलका सचेतक केदार कार्की, सांसद लोकप्रसाद संग्रौला, ओम सरावगी, पूर्व सांसद डिल्ली सिटौला, विश्वदीप लिङ्देन लगायत अग्रज नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली कांग्रेस झापाका सचिव ताराविर कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सचिव प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारओलीको दम्भले देश र जनतालाई दुःख–नेता सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img