HomeFeatured 2झापामा मतदानस्थल सिफारिस समितिको निर्णय चार स्थानान्तरण, दुई थप्नुपर्ने

झापामा मतदानस्थल सिफारिस समितिको निर्णय चार स्थानान्तरण, दुई थप्नुपर्ने

रेवतिराज घिमिरे
भद्रपुर ९ माघ । झापा जिल्ला स्तरीय मतदानस्थल सिफारिस समितिको शुक्रवार सम्पन्न दोस्रो बैठकले आगामी बैशाखमा सम्पन्न गर्ने निर्वाचन स्थलको बारेमा विभिन्न निर्णयहरु गरेको छ ।
जिल्ला प्रशासन कार्यलय झापाको सभाहलमा सम्पन्न बैठकमा २०७४ सालको निर्वाचन पश्चात देखिएका जटिल मतदानस्थललाई स्थानान्तरण गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकले झापाको बाह्रदशी– ७ डाँगीवारीस्थित संयुक्तवडा कार्यलयलाई गौरीशंकर मावि कायम गर्ने र सोहि वार्डको विरिङ्ग नदी पश्चिमतर्फका मतदाताका लागि पशुपति आधारभुत विद्यालयलाई मतदान स्थल कायम गर्ने निर्णय गरेको छ ।
यसै गरी शिवसतासी १० को ट्याक्क्रा मतदान स्थललाई सोहि स्थानमा रहेको दिपेन्द्र आधारभुत विद्यालयलाई कायम गर्ने र कमल गाउँपालिका ५ सिम्मेलेका मतदातालार्इृ सरेक पर्ने गरी छुट्टै मतदान स्थल तय गरिने भएको छ ।
त्यस्तै अर्जुनधारा–४ दहीझोडाका मतदाताका लागि लक्ष्मी आधारभुत विद्यालय, मेचीनगर १० को पुरानो मतदानस्थल कृषि विकास बैकको सट्टा सोहि स्थानमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई नयां मतदान स्थल कायम गर्ने निर्णय गरेको बैठकले अन्य मतदान स्थललाई यथावत राख्ने सर्वसम्मत निर्णय गरेको छ ।
साथै बैठकले आउँदो माघ १५ गते देखि २१ गते सम्म मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण जिल्ला निर्वाचन कार्यलय झापाका कार्यलय प्रमुख तुलसीकुमार नेपालले गर्नु भएको थियो ।
बैठकमा सरोकारवाला सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख, राजनैतिक दलका प्रतितनिधिहरु लगायत तीनवटै सुरक्षा निकायका प्रमुख तथा संचारकर्मीको सहभागिता रहेको थियो । झापामा २ सय ८३ वटा मतदान स्थल र ६ सय ९२ वटा मतदान केन्द्र २०७४ सालको निर्वाचनमा रहेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापामा मतदानस्थल सिफारिस समितिको निर्णय चार स्थानान्तरण, दुई थप्नुपर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img