Homeसमाचारहिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल र्याली गर्ने भएको छ ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित बिषयमा जनदवाव सिर्जना गर्न राप्रपा झापाले मंसिर २० गते विशाल मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने निर्णय गरेको छ ।
समान विचार राख्ने सबै व्यक्ति, संस्था, संगठन र पार्टीहरुलाई राष्ट्रिय झण्डा र आ–आफ्नो संस्था, संगठन र पार्टीको झण्डा सहित र्यालीमा सहभागी हुन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले अपिल गर्नुभयो ।
र्याली व्यवस्थापनका लागि राप्रपा झापाले ध्रुव उप्रेती संयोजक र राजकुमार राइको सह–संयोजकत्वमा र्याली परिचालन समिति गठन गरेको छ । त्यस्तै जिल्ला अध्यक्ष अम्वर विष्टको संयोजक रहेको निर्देशन परिचालन समिति, उपाध्यक्ष कमल खरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाईको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।
मंसीर २० गते आयोजना गरिएको मोटर तथा मोटरसाइकल रयाली काकडभिट्टाबाट शुरु भई दमकसम्म पुग्ने जनाइएको छ ।
सबै गाउँ नगर क्षेत्रीय समितिको बैठक बसि २० गते आआफ्नो गाउँ नगरबाट सहभागी हुने मोटर र मोटरसाइकलको बिबरण जिल्ला समितिमा पठाउन भनिएको सचिव केशव ओझाले जानकारी दिनुभयो ।
साथै विभिन्न धार्मिक सङ्गठन समूहसग समेत समन्वय गरि व्यापक सहभागीता जुटाउन सवै क्षेत्रवाट कृयाशिल हुन समेत राप्रपा झापाले अनुरोध गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img