Homeसमाचारलेडी जेसीजद्वारा पूर्वी सिमानाकामा स्वागत तथा सुरक्षा बोर्ड

लेडी जेसीजद्वारा पूर्वी सिमानाकामा स्वागत तथा सुरक्षा बोर्ड

विर्तामोड ५ मंसीर । सडक दूर्घटना न्यूनिकरणमा सहयोग पुर्याउने उद्देश्यले वीरता लेडि जेसीजले शुक्रबार विर्तामोड नगरपालिकाको पूर्वी सिमानामा सडक किनारामा स्वागत तथा सुरक्षा सतर्कता सम्बन्धी बोर्ड राखेको छ ।
वीरता लेडी जेसीज २०२० का अध्यक्ष शुष्मा पौडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्यतामा विर्तामोड नगरपालिकाको पूर्वी सिमानाका पूर्व–पश्चिम मुख्य राजमार्ग अन्तरगत देवनिया खोला नजिक सडकमा सुरक्षा सतर्कता सम्बन्धी होर्डिङ बोर्ड राखिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा प्रहरी निरीक्षक ढुण्डिराज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक नारायण आचार्य, प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद तिमिल्सिना लेडी जेसिजका पूर्व अध्यक्षहरु पार्वता बिमली खरेल, रजनी बजगाईँ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको ब्यवस्थापकीय संयोजन हिमा पौडेल र संगीता चिमरियाले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलेडी जेसीजद्वारा पूर्वी सिमानाकामा स्वागत तथा सुरक्षा बोर्ड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img