HomeFeatured 2गोलधापमा सनराइजको शाखारहित बैंकिङ्ग सेवा

गोलधापमा सनराइजको शाखारहित बैंकिङ्ग सेवा

शनिश्चरे ४ मंसीर । सनराइज बैंक लिमिटेडले झापाको अर्जुनधारा –९ गोलधापमा बिहीबारबाट शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेको छ ।
सनराइज बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यलयका प्रमुख बिबेककुमार निरौलाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सनराइज बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यलयका प्रमुख बिबेककुमार निरौला र अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले सनराइज बैंक लिमिटेड शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा –९ गोलधापका प्रतिनिधि सुमन राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेर शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका थिए ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने सनराइज बैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले बैंकिङ्ग सेवाको पहुँच नपुगेको अर्जुनधारा –९ गोलधापमा सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेकोमा खुशी व्यक्त गर्दै निर्धक्क भएर बैंकिङ्ग कारोबार गर्न स्थानिय बासिन्दालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सनराइज बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यलयका प्रमुख बिबेककुमार निरौलाले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यले सनराइज बैंक लिमिटेडले अर्जुनधारा –९ गोलधापमा ५३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको बताउनु भयो।
त्यस्तै सनराइज बैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाको मातहतमा अर्जुनधारा –९ गोलधापमा सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेको बताउनु भयो ।
उनले शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत सेवाग्राहीले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु प्राप्त गर्न सकिने जानकारी दिनुभयो ।
हालसम्म सनराइज बैंक लिमिटेडले देशभर एक सय ३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र एक सय ६१ वटा एटीएममार्फत सात लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ । ।
कार्यक्रममा अर्जुनधारा –९ का बडाध्यक्ष पुष्पकुमार प्रसाईं , अर्जुनधारा नगरपालिकाका नगर स्वास्थ्य अधिकृत मुकुन्द बस्नेत , नमूना सामुदायिक वनका अध्यक्ष भानु श्रेष्ठ , जडीवुटी सहकारी संस्थाका अध्यक्ष हरि दाहाल , प्रहरी विट अर्जुनधारा –९ गोलधापका रामकुमार माझी ,समाजसेवी युवराज प्रसाई, नरेन्द्र राईलगायतले सनराइज बैंक लिमिटेडले अर्जुनधारा –९ गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेर यस क्षेत्रका बासिन्दालाई ठूलो गुन लगाएको बताए ।
सनराइज बैंक लिमिटेडले अर्जुनधारा –९ गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेर बैंकिङ्ग सेवाका लागि झापाको बिर्तामोड या शनिश्चरे जानुपर्ने बाध्यताको अन्त्य भएको उनीहरुले बताए । कार्यक्रममा जडीवुटी सहकारी संस्थाका अध्यक्ष हरि दाहालले खाता खोलेर शाखारहित बैंकिङ्ग सेवा लिएका थिए ।
कार्यक्रममा सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाका कर्जा अधिकृत सुदेश मल्ल, कर्मचारीहरु वोधराज रिजाल , अर्जुन भट्ट , मञ्जु दाहाल क्षेत्री , अशोक अधिकारी ,बुधवारे शाखा प्रमुख तेजबहादुर थापामगर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाका डिपोजिट रिलेनसिप म्यानेजर श्यामकुमार गुरुङले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गोलधापमा सनराइजको शाखारहित बैंकिङ्ग सेवा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img