विर्तामोड ११ साउन । २०२८ सालमा सञ्चालित नक्सलवादी आन्दोलनका क्रममा कम्युनिष्टहरुले सञ्चालन गरेको वर्गशत्रु खतम अभियान अन्तर्गत हत्या गरिएका प्रजातान्त्रिक योद्धा इश्वरी चुडालकी श्रीमती पुष्पमाया चुडालसहित विर्तामोड नगरपालिका–४ का अग्रज कांग्रेस कार्यकर्तालाई आज सम्मान गरिएको छ ।

२०२८ सालमा हत्या गरिएका ईश्वरी चुडाल नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला समितिका तत्कालीन सचिव रहनुभएको थियो । उहाँसहित ७ जना प्रजातान्त्रिक योद्धाहरुको घरघरमै पुगेर नेपाली कांग्रेस विर्तामोड नगर अन्तर्गत ४ नं वडा समितिले आज सम्मान गरेको ने.वि.संघ नेतृ उमा शिवाकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३८ औं वी.पी स्मृति दिवसको अवसर पारेर काँशी चौधरीकी श्रीमती झप्पा चौधरी, शिव सिटौला, केदार बुढाथोकी, याम खरेल, विष्णुमाया पाठक, कोल्टु राजवंशी लगायतलाई घरघरमै पुगेर सम्मान गरिएको हो ।

नेपाली कांग्रेस विर्तामोड नगर ४ नं वडा समितिका सभापति राजकुमार प्रसाईको सभापतित्व र संविधानसभा सदस्य अमृतलाल राजवंशीको प्रमुख आतिथ्य र जलकुमार गुरुङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा उमा शिवाकोटी, टिका मैनाली, भूमा घिमिरे, बालादेवी खरेल, कुमार भट्टराई, गंगा शर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन मोहन चुडालले गर्नुभएको थियो ।
































































































