Homeसमाचारसी.के. चिन्तन प्रतिष्ठान पुनर्गठन, अध्यक्षमा टीका

सी.के. चिन्तन प्रतिष्ठान पुनर्गठन, अध्यक्षमा टीका

विर्तामोड ११ साउन । महामानव वी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादका ब्याख्याता स्व. सि.के. प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानको अध्यक्षमा टीका प्रसाई निर्वाचित हुनुभएको छ ।
विर्तामोडस्थित प्रतिष्ठान कार्यालयमा आज सम्पन्न साधारणसभाले प्रसाईको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो । प्रसाईं यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी समितिका उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा लक्ष्मी आचार्य, सचिवमा इन्दु पूर्वेली र कोषाध्यक्षमा डिल्लीप्रसाद प्रसाईं रहनुभएको छ ।
समितिका सदस्यहरुमा लीलाबहादुर बस्नेत, मुक्ति सिटौला, लक्ष्मी कोइराला (खनाल), चित्रकला ओली, लीला मैनाली, भीम राजवंशी, खगेन्द्रविक्रम नेम्बाङ र भगवान टुडु रहनुभएको छ । १५ सदस्यीय समितिका लागि समावेशी सहभागितासहित २ सदस्य समितिको पहिलो वैठकले चयन गर्नेछ ।

महामानव वी.पी कोइराला र समाजवादी चिन्तक सी.के.को तस्विरमा माल्यार्पण गर्दै अतिथिहरु ।


यसैगरी प्रतिष्ठानको सल्लाहकार सदस्यमा राजनीतिज्ञहरु डिल्ली सिटौला, सुधिरकुमार शिवाकोटी, उद्वव थापा, प्रतिष्ठानका पूर्व अध्यक्षद्वय कृष्ण धराबासी र लोकराज ढकाल, सुशिला ढकाल (आचार्य), विनोद बस्नेत, तुलसी कार्की, देउमान थेवे रहनुभएको छ ।
नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको नीति अवलम्बन गर्दै २०१४ सालदेखि राजनीतिमा सक्रिय बन्नुभएका सी.के. प्रसाईले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वश्वहरण सहित निर्वासनसम्मको कठोर सजाय भोग्नुभएको थियो । २०५० साल फागुन ८ गते सी.के. प्रसाईको निधन भएपश्चात २०५३ सालमा स्थापित प्रतिष्ठानले उहाँकोे प्रजातान्त्रिक समाजवाद, राष्ट्रियता र समसामयिक राजनीतिक विषयहरु समेटेर ‘सि.के. प्रसाईका विचारहरु’ विषयक पुस्तक प्रकाशनमा ल्याएको छ । स्थापनाको लगभग १८ बर्षसम्म कृष्ण धराबासीले अध्यक्षको जिम्मेवारी संहाल्नुभएको थियो भने लगभग ७ बर्ष लोकराज ढकालले अध्यक्षको जिम्मेवारी संहाल्नुभएको थियो ।
यसअघि साधारणसभा समुद्घाटन कार्यक्रममा बोल्दै अग्रज नेता डिल्ली सिटौलाले वी.पी. कृष्णप्रसाद, गणेशमान, सी.के प्रसाई जस्ता नेतृत्वको विचारधारा, चरित्र, आस्था र निष्ठा अनुरुप अघि बढे कांग्रेस समृद्ध हुने धारणा राख्नुभयो ।

समिति पुनर्गठनपछि सामुहिक तस्विर खिच्दै अतिथिहरु ।


‘हवनअघि सुरो चरुको भूमिकामा रहेका हामीहरुले अग्रज नेताहरुको वैचारिक चित्रलाई लिएर अघि बढ्नुपर्छ’–नेता सिटौलाले भन्नुभयो–‘निर्वाचनमा भएको सामान्य कुरा हो, कांग्रेसले नीतिमा जितेको छ, समतामूलक समाज निर्माणको सपना र समाजवादी चिन्तनको धारमा हामी हिडेका छौं कि छैनौ, यसको विश्लेषण गरेर अघि बढ्नुपर्छ ?’
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले सि.के ब्यक्ति नभई विचार भएको धारणा राख्दै कांग्रेसका योद्धाहरुको स्मृतिमा स्थापित प्रतिष्ठानहरुले प्रजातान्त्रिक विचारधारालाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका पूर्वउपाध्यक्ष देउमान थेवे, नेपाल महिला संघ अध्यक्ष सुशिला ढकाल लगायतले मन्तब्य राख्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष लोकराज ढकालले प्रतिष्ठानको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष विनोद वस्नेतले स्वागत गर्नुभएको उद्घाटन समारोहको सञ्चालन कुमार भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसी.के. चिन्तन प्रतिष्ठान पुनर्गठन, अध्यक्षमा टीका
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img