Homeसमाचारनारी सञ्चार गृहको तेस्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शिवकोटी

नारी सञ्चार गृहको तेस्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शिवकोटी

विर्तामोड । नारी सञ्चार गृह झापाको आठौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा भीमा शिवाकोटीलाई चयन गरेको छ ।
कञ्चनजंघा एफएममा आवद्ध शिवाकोटीसहित सर्वसम्मत रुपमा सिङ्गो कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक तथा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले जानकारी दिनुभयो ।


समितिको उपाध्यक्षमा रेजिना गौतम, सचिवमा भूमिका सुब्बा, सहसचिवमा शुशिला संग्रौला, कोषाध्यक्षमा जोस्ना श्रेष्ठ चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा शुष्मा तिखत्री, भारती राई, सुमिरा मैनाली, पुष्पा लिम्बू, टिका पोखरेल र शिला उप्रेती चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरले दुवेका, लुकेका, समानताका आवाजहरु उजागर गर्नुपर्ने बताउँदै नेपालको महिला मुक्ति अभियानका आवाज बुलन्द नारी सञ्चार गृह सारथी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री गजमेरले हिंसामा संलग्नलाई कारवाही गर्ने दण्ड र सजाँय सम्बन्धी कानून बनेको भएपनि अपराधीहरु शक्तिको आडमा दवाउन चलखेल हुने गरेको उल्लेख गर्दै चलखेल गर्नेको सक्कली रुप उजागर गर्नका लागि सञ्चारकर्मीहरुको कलम चल्नुपर्नेमा जोड दिनुभयो ।
महिला पत्रकारलाई अझै पनि प्रोत्साहन गर्न जरुरी रहेको उल्लेख गर्दै आफू पनि त्यसमा आफूले पनि सहयोगी भूमिका खेल्ने बताउनु भयो ।
नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारी र नवनिर्वाचित अध्यक्ष भीमा शिवाकोटीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग गर्ने दाताहरु विर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, मिलनसार बचत तथा ऋण सहकारी संस्था, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था, बसन्तप्रेमी राजभण्डारी, विर्तामोड नगरपालिका वडा नंं.–९ का वडाध्यक्ष पवित्रा पाठक, अर्जुनधारा–८ निवासी नम्रता ढकाल, विर्तामोड–५ कविता कार्की कडरिया, राधा शर्मा चम्लागाँई लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, अक्षयकोष दाताकातर्फबाट सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवाकोटीलाई अध्यक्ष अम्बिका भण्डारीले बैठक पुस्तिका हस्तान्तरण गर्दै पदस्थापन गराउनु भएको थियो । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिवाकोटीले संस्थाले लक्ष्य राखेको अक्षयकोषको लक्ष्य प्राप्तीका लागि पहल गर्ने, सञ्चारमाध्यमहरुमा महिला मैत्री सामग्री सम्प्रेण तथा उत्पादका लागि समन्वय गर्ने, पत्रकारको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । नव निर्वाचित समितिको नामावली निर्वाचन समिति संयोजक सावित्रा दाहालले घोषणा गर्नुभएको थियो भने स्वस्तिका आचार्यले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
यसअघि संस्थाको सम्पन्न बन्द सत्रले संस्थाका सचिव रेजिना गौतमद्वारा प्रस्तुत संस्थाको संस्थागत प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।


त्यसपछि सावित्रा दाहालको संयोजकत्वमा सल्लाहकारद्वय इन्दु पूर्वेली र लीला अनमोल सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो ।
यसअघि आठौं बार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले महिलाको श्रमको अझै पनि सही मूल्याङ्कन हुन नसकेको उल्लेख गर्दै चुनौतिका बाबजुद पनि महिला पत्रकारहरु तथा राजनीतिकर्मी महिलाको सक्रियता उदाहरणीय रहेको बताउनु भयो ।
संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, अतिथिहरु नेपाल पत्रकार महासंघ प्रदेश नं.–१ का सदस्य तीर्थ सिग्देल, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाँई, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, आदिवासी जनजाति पत्रका संघ (फोनिज)–का प्रदेश इन्चार्ज दिपीन राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनारी सञ्चार गृहको तेस्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शिवकोटी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img