झापा ६ साउन । नेपाली राजनीतिका मुद्र्धन्य ब्यक्तित्व, समाजवादी चिन्तक महामानव वी.पी. कोइरालाको ३८ औं स्मृति दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काँंग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचिचत प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र कांग्रेसमा आबद्ध भ्रातृ संस्थाहरूले विविध कार्यक्रम गरिएको हो ।
बीपीको जन्म बाबु कृष्णप्रसाद र आमा दिब्या कोइरालाका कोखबाट वि.सं १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सर रोगबाट निधन भएको थियो ।
राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्रको स्थापनाका लागि समाजवादी चिन्तन लिएर आजन्म संघर्ष गर्नुभएका वीपी कोइराला शालीन, सुझबुझ, गम्भीर चिन्तन, अदम्य साहस बोकेका नेता हुनुहुन्थ्यो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल पर्नुभएका बीपीले भारतले थालेको विस्तारबादका कारण नेपाल राष्ट्र नै संकटमा पर्ने देखिएपछि निर्वासनको सजाय भोगिरहेकै बेला ज्यानको बाजी थापेर २०३३ साल पुस १६ गते मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्कनुभएको थियो । नेपाली राजनीतिमा वी.पी.को मेलमिलाप नीति अहिले पनि उत्तिकै चर्चित र ब्यवहारिक छ ।
नेपाली राजनीतिमा समाजवाद र नेपाली साहित्यमा आफूलाई अराजकतावादी बताउनुहुने वीपीका आधा दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । उहाँका धेरैजसो साहित्यिक सिर्जनामा फ्रायडवादी यौन मनोविज्ञानको प्रभाव पाइन्छ ।
उनै महामानव वीपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर सोमबार देशभर विविध कार्यक्रम गर्दै उहाँको राजनीतिक र साहित्यिक योगदानको चर्चा गरिएको छ ।
यही दिवसको अवसर पारेर झापाको भद्रपुरस्थित वीपी चोकमा रहेको वीपीको शालिकमा माल्र्यार्पणसहित सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रोस भद्रपुर नगर समिति तथा वार्ड समिति ७ ,९ र १० को संयुत्त आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्त नेपाली कांग्रेस पार्टीले छोड्दा पार्टी कमजोर भएको बताउनु भयो ।
उहाँले पार्टीले समाजवाद र प्रजातन्त्रलाई संगै लिएर जानु पर्नेमा जोड दिदै पार्टीले वीपीको मार्गदर्शनलाई भुल्दै गएको धारणा राख्नु भयो ।

नेपाली कांग्रेसको राजनीति बुझ्न वीपीको आत्माबृतान्त पढ्नु पर्ने बताउदै सिवाकोटीले बर्तमान अवस्थामा पार्र्टी बलियो बनाउन नेतृत्व पंती कमजोर रहेको समेत उल्लेख गर्नुभयो ।
नेपाली कंग्रेस भद्रपुर नगर समिति सह संयोजक मनप्रसाद कोईरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नगर उप सभापति ज्ञानबहादुर चौहान र संचालन वार्ड नं १० वार्ड सभापति शालिकराम नेपालले गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी ,नेपाली कांगे्रस झापा सभापति उद्धप थापा लगाएतका पार्टी महाधिबेशन प्रतिनिधिहरु, महासमिति प्रतिनिधि लगाएतका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा भद्रपुर १० स्थित पर्यटकीय स्थल चन्द्रगढीमा आंप लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु समेत रोपिएको थियो ।
३७ औं वि.पी.स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस बाह्रदशी गाउँ समितिले बृक्षारोपण सम्पन्न गरेको छ । साबिक डाँगीबारी गा.बि.स.को गौरीशंकर मा.बि. साबिक चकचकी गा.बि.स.को काली मन्दिर परिसर मा बृक्षारोपण गरिएको नेपाली कांग्रेसका नेता दयानन्द गोश्वामीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस बाह्रदशी गाउँपालिका समिति का संयोजक ओमप्रकाश गौतमको सभापतित्व र नेपाली कांग्रेस झापाका सदस्य द्वय दयानन्द गोस्वामी र उमाराम प्रसाईं तथा बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्ना कुमारी राजबंशीको विषेश आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी बर्षाका वावजुद झापाका सातवटा नगरपालिका र ८ वटा गाउँपालिकाका सबै नगर÷गाउँ समिति तथा वडा समितिले विचार गोष्ठी तथा बृक्षरोपणसहितका विविध रचनात्मक कार्यक्रम गरी वी.पी स्मृति दिवस मनाएका छन् ।
नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वडा नं–६ को आयोजनामा जिल्ला पार्टी कार्यालयमा वीपीको विचार विषयक विचारगोष्ठी सम्पन्न भएको छ । मजदुर नेता दीपक तामाङको प्रमुख आतिथ्य र वडा नं–६ का अध्यक्ष उमाकान्त लुइटेलको सभापतित्वमा विचार गोष्ठी सम्पन्न भएको हो ।
यसैगरी भद्रपुर नगर १, २, ३ र ४ नं वडा समितिको संयुक्त आयोजनामा ३७ औं वी.पी. स्मृति दिवस समारोहको आयोजना गरिएको छ । साविक पृथ्वीनगरको सोमबारेमा आयोजित कार्यक्रममा वीपीले प्रतिपादन गर्नुभएको नीति र वर्तमान राजनीतिका बारे चर्चा गरिएको थियो ।
यसैगरी अर्जुनधारा नगर–११ नं वडा समितिले वीपी स्मृति दिवसको अवसर पारेर नमूना सामुदायिक बन परिसरभित्र फलफूलका विरुवा रोपेको छ ।
वडाध्यक्ष गंगा मैनालीको सभापतित्व र दलित संघका केन्द्रीय सदस्य हस्तवहादुर परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आदिबासी जनजाति महासंघका जिल्ला अध्यक्ष जगतबहादुर मगर, दलित संघ जिल्ला सचिव रञ्जित परियार, पूर्व वडाध्यक्ष देवीप्रसाद विमली, ध्रुवकुमार श्रेष्ठ, भानु चापागाईले वीपीको सोचको अनुशरण अहिले पनि अपरिहार्य भएको बताउनुभयो ।
यसैगरी नेपाली कांग्रेस वडा नं–२ को आयोजनामा वीपीका विचार र समसामयिक राजनीतिबारे छलफल गरिएको कांग्रेस नेतृ उर्मिला ढकालले जानकारी दिनुभयो ।
यसैगरी बुद्धशान्ति गाउँपालिका वडा नं–४ को आयोजनामा गणेश मा.वि.को प्राङ्गढमा स्वामीसहित विभिन्न जातका विरुवा रोपण तथा विचारगोष्ठीसहित ३७ औं वी.पी स्मृति दिवस मनाइएको छ ।
वडा सभापति महेश मेनेङबोको अध्यक्षता र जिल्ला सचिव प्रेम सम्बाहाम्फेको प्रमुख आतिथ्यमा विचार गोष्ठी सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन वडासचिव प्रकाश साम्सोहाङले गर्नुभएको थियो ।
यसैगरी मेचीनगर वडा नं–७ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी शिवसताक्षी नगर–११ नं वडा समितिले सतासीधाममा रहेका साधु सन्त र श्रीहरि वेद विद्यालयका ब्राम्हण बटुकहरुलाई फलफूल वितरण गरेर वी.पी. स्मृति दिवस मनाएको छ । वडा सभापति अशोक बस्नेतको सभापतित्व र शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी झापा गाउँपालिका र गौरादह गाउँपालिकामा पनि पनि वी.पी. स्मृति दिवसको अवसर पारेर विचार गोष्ठी सम्पन्न गरिएको ने.का. गाउँ समितिले जनाएका छन् ।
यसैबीच नेपाली कांग्रेस दमक नगर समितिले वर्तमान सन्दर्भमा वीपीका विचारको सान्दर्भिकताका विषयमा चर्चा गर्दै वी.पी स्मृति दिवस मनाएको छ । रोशन विष्टको अध्यक्षता र पूर्णानन्द शर्मा, विश्वदीप लिङ्देन, राजन ढुङ्गाना लगायतका नेताहरुको सहभागितामा वीपी स्मृति दिवस मनाइएको नगर समितिले जनाएको छ ।

































































































