Homeसमाचारव्यवसायी अपहरण गर्ने सार्वजनिक जवानीमा लोभिंदा बन्धक…

व्यवसायी अपहरण गर्ने सार्वजनिक जवानीमा लोभिंदा बन्धक…

विर्तामोड । असार अन्तिम साता बिर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो । ती युवतीले मीठो बोलेपछि उनी युवतीबाट प्रभावित भए । उनीहरुको इमो, भाइबरमा सम्बन्ध नजिकिंदै गयो, यौन सम्पर्कसम्मका कुरा भए । कुरा अगाडि बढ्दै गएसंगै साउन १ गते युवतीले आफू बिर्तामोडको भद्रपुर रोडमा आएको भन्दै व्यवसायीलाई फोन गरेर बोलाइन् । जया नाम बताउने युवतीको सुन्दरता र जवानी देखेर लोभिएका व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे । असुरक्षा हुने भन्दै युवतीले व्यवसायीको होटल जाने कुरामा अस्विकार गर्दै आफ्नै साथीको कोठामा जाने प्रस्ताव राखिन् ।
युवतीको प्रस्तावलाई व्यवसायीले स्विकार गरे । तर व्यवसायीको विश्वास धेरैबेर टिक्न सकेन । कोही नभएको कोठामा बेलुका झण्डै साढे साट्तबजे बजेतिर कोठा भित्र पसेर चुक्कुल लगाएर बसेको केही समयमा बाहिरबाट ढोका ढक्ढक ग¥यो, ढोका खोल्दा हातमा छुरा र प्लाष्टिकको पेस्तोल लिएका दुई युवा पसे र व्यवसायीलाई कुटपिटसंगै कपडा खोल्न लगाई नाङ्गै बनाएर भिडियो खिचे ।
त्यसपछि किशोरीलाई त्यही समूहका मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन् । त्यो बेलासम्ममा सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले व्यवसायीको नाङ्गो फोटो र भिडियो तयार गर्छन् । त्यसपछि शुरु हुन्छ, उनीहरुको वास्तविक कथा । त्यही नाङ्गो भिडियोको आधारमा व्यवसायीसंग ५० लाख माग गर्छन् । साउन–५ गते ४० लाख दिने शर्तमा व्यवसायीलाई मुक्त गर्छन्–बेलुकाको १० बजे । शर्त अनुसारको रकम जम्मा भए नभएको बारे लगातार सम्पर्कमा रहेका उनीहरुले पैसा नदिए ज्यानै मार्ने धम्की समेत दिन थालेपछि व्यवसायी नजिकैको प्रहरी कार्यालयको शरणमा पुग्छन् र घटनाको वेलीविस्तार लगाए ।
त्यसपछि प्रहरीले व्यवसायीलाई बन्धक बनाउने समूहको खोजी कार्य अघि बढाउनका लागि जाहेरी दिन लगायो र अपहरणकारीको खोजी कार्य सुरु ग¥यो ।
अपहरणकारीसम्म पुग्न प्रहरीलाई धेरै लामो समय लागेन । पीडित व्यवसायीसँग फोन आएका मोबाइल नम्बरमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका–४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगाल दाजिलिङ थाना खोरीबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई पक्राउ गर्न सफल भयो ।
त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका–१ घर भई बिर्तामोड–२ चारपाने बस्ने रितु फियाक लिम्बुलाई बिर्तामोडबाटै नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले बताए ।
प्रहरीले उनीहरुबाट बा. १५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल–३ थान, प्लाष्टिकको नक्कली पेस्तोल, प्रोप्रानोलोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भइ ६ चक्की रहेको औषधी बरामद भएको जनाएको छ ।
सुजन शंकरकी प्रेमिका भनिएकी रितु फियाकलाई भारतको दिल्लीबाट यही घटनाका लागि झिकाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि शरीर बन्धक बनाइ अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख थापाले बताए ।
पक्राऊ परेका मध्ये सञ्जु क्षेत्री भनिने सुजन शंकर मानव वेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ । शंकरलाई २ वर्ष अगाडी झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएको भएपनि उनी फरार थिए ।
पक्राउ परेकाले संगठित अपराध गर्नका लागि विर्तामोडस्थित भद्रपुर रोडको कुमारी बैंक पश्चिम पट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
पक्राउ परेकाहरु विरुद्ध शरीर बन्धक मुद्दामा सातदेखि १० बर्षसम्मको कैद सजाँय र ७० देखि एक लाख रुपैयाँसम्म जरिवाना र जबरजस्ती पैसा असुल्ने मुद्दामा सात बर्षसम्मको कैद सजाँय र ७० हजार रुपैयाँ जरिवानाको माग गर्दै जिल्ला अदालत झापामा मुद्दा दायर गर्ने तयारी भइरहेको इप्रका विर्तामोडका प्रहरी प्रमुख थापाले बताए ।
यवसायीलाई यौन सम्पर्क दिने प्रलोभनमा फँसाएर उनीबाट लाखौं रुपैयाँ असुल गर्न खोज्ने ती युवतीसहित योजनाकार तीनैजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारव्यवसायी अपहरण गर्ने सार्वजनिक जवानीमा लोभिंदा बन्धक…
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img