भद्रपुर । विगत ६४ दिनदेखि मानव अधिकारका लागि एकल महिलाको सेफ हाउसमा रहेका दुई बालिकालाई एसओएस (क्इक्) बालग्राम इटहरीमा हस्तान्तरण गरिएको छ ।
दुई दिदी–बहिनीमध्ये १२ वर्षीय बालिकालाई आफ्नै बाबुले दैनिक करणी गर्ने गरेको कुरा सार्वजनिक भएसंगै अभियुक्त र पीडित तथा पीडितकी बहिनीलाई असार ३१ गते इलाका प्रहरी कार्यालय अनारमनीले उद्दार गरेको थियो । सो पश्चात अभियुत्त पुर्पक्षका लागि जिल्ला कारागारमा छन् भने अभिभावक विहिन बनेका पीडित बालिका र उनकी बहिनीलाई भद्रपुरस्थित एकल महिलाको अस्थाई सेफ हाउसमा संरक्षित थिए ।
लामो समयसम्म अस्थाई सेफहाउसमा राख्न संभव नभएपछि महिला अधिकार तथा चेलीबेटी बेचविखन विरुद्ध कार्यक्रम गर्दै आएको एबीसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौलाको पहलमा (क्इक्) बालग्राम इटहरीलाई हस्तान्तरण गरिएको हो ।
भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षतामा आयोजित एक कार्यक्रममा (क्इक्) बालग्रामका डि.सी. चौधरीलाई पीडित बालिकाको सम्पूण कागजात अध्यक्ष अधिकारी हस्तान्तरण गर्नुभयो ।
एसओएस बालग्राम इटहरीमा हाल ११० जना संरक्षित रहेको चौधरीले जानकारी दिनुभयो । विश्वका १३६ वटा देशमा शाखा रहेको एसओएस बालग्राम नेपालका सातवटै प्रदेशमा शाखाका रुपमा रहेका छन् ।
आफन्त विहिन तथा वेवारिसे भएका बालबालिकाको संरक्षण गर्ने उद्देश्यले स्थापित एसओएस बालग्राममा खान, लाउनदेखि पढाई तथा जन्मेपछि, विवाह लगायत मृत्युपर्यन्तका सबै संस्कार समेत गरिने चौधरीले जानकारी दिनुभयो ।
एवीसी नेपालकी सचिव देवीका बस्नेतले सञ्चालन गरेको कार्यक्रममा भद्रपुरगनरपालिकाका वडाध्यक्ष टेकबहादुर खड्का काजी, इन्दिरा न्यौपाने, सम्भा राजवंशीलगायतको उपस्थिति रहेको थियो ।
बलात्कृत बालिकाले आफूलाई बलात्कार गर्नेलाई बाँचुञ्जेल जेलमै राख्नुपर्ने केही दिनअघि बताएकी थिइन् ।
सेफहाउसमा संरक्षित बालिका एसओएसलाई हस्तान्तरण

































































































