Homeमहिलाकरुणाका हत्यारालाई कारबाही गर्न बुहारीको माग

करुणाका हत्यारालाई कारबाही गर्न बुहारीको माग

बिर्तामोड ३० भदौ। मेची महाकाली संयुक्त आवाज झापाले विर्तामोडमा शोकसभासहित दीप प्रज्वलन सम्पन्न गरेको छ । गत साउन २२ गते रुपन्देहीको कन्चन गाउपालिकाका वडा नं– १ की १५ वर्षिया करुणा घर्तीमगरको आत्माको चीर शान्तिको कामनासहित दीप प्रज्वलन र शोकसभा सम्पन्न गरिएको हो ।
भावना आचार्यको प्रमुख आतिथ्य र मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय सल्लाहकार सूर्यहरी मरहठ्ठाको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । हिंसा रहित समाज निर्माण गरौं, महिला सामान हैन सम्मान हो, लैङिगक हिंसा एक सामाजिक अपराध हो लगायतका नाराअंकित प्लेकार्डसहित मुक्तिचोकमा भेला भएका बुहारीहरुले करुणाको हत्यामा संलग्न अपराधीलाई तत्काल कानुनी कठघरामा ल्याउन पनि सरकारसँग माग गरेका छन् । करुणाको एक महिनाअघि हत्या भएको थियो । हत्याको महिनादिन वितिसक्दा पनि अपराधीलाई कानुनी कठघरामा नल्याइएको प्रति बुहारी आवाजले आपत्ति प्रकट गरेको छ ।


मेची महाकाली बुहारी सयुक्त आवाज झापाका संयोजक शिखा खड्का गणेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जमुना निरौला अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममाथी प्रकाश झापा सल्लाहकार हेमा पौडेल र संचालन सहसचिव तुलसा मञ्जरीले गर्नुभएको थियो ।
देश–विदेशमा रहेका ११ हजार नेपाली महिलाहरु सदस्य मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा र उपाध्यक्ष चन्द्रा काफ्ले रहनुभएको अध्यक्ष गणेशले जानकारी दिनुभयो । महिला, बालबालिका तथा हिंसामा परेकाहरुको न्यायिक पहल र सामाजिक काममा सक्रियतापूर्वक लागिरहेको आवाजको केन्द्रीय कार्यालय विर्तामोड–५ मा रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाकरुणाका हत्यारालाई कारबाही गर्न बुहारीको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img