HomeFeatured 2विर्तामोड र अर्जुनधारामा निषेधाज्ञा भ्रम

विर्तामोड र अर्जुनधारामा निषेधाज्ञा भ्रम

झापा। झापाको विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय तहले गरेको लकडाउन जारी छ । लकडाउन जारी रहेका बेला आज (बुधबार) एकाएक निषेधाज्ञा जारी गरेको समाचार आउन थालेपछि स्थानीयमा भ्रम सिर्जना भएको छ ।
केही सञ्चारमाध्यममा गृहमन्त्रालयलाई उद्दृत गर्दै आएको १४ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा शिर्षकको समाचारले झापाको विर्तामोड र अर्जुनधाराका स्थानीयले वास्तविक के हो भनेर प्रश्न उठाइरहेका छन् ।

गृहमन्त्रालयले निषेधाज्ञा जारी गरेको सम्बन्धमा आफूलाई जानकारी नभएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनु भयो । उहाँले भन्नुभयो–स्थानीय तहले आफैं निर्णय गरेर लकडाउन गर्नुभएको होला, निषेधाज्ञाबारे हामीलाई केही सूचना आएको छैन ।’
विर्तामोडमा निषेधाज्ञाका बारेमा आफूलाई पनि जानकारी नभएका इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनु भयो । निषेधाज्ञाको विषयमा नागरिकले फोन गरेर सोध्ने गरेको रिजालले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै झापाका यी दुई स्थानीय तहमध्ये विर्तामोड नगरपालिकाले साउन १८ गते राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लकडाउन घोषणा गरेको छ भने अर्जुनधाराले साउन १८ गते विहान ५ बजेदेखि ५ दिनका लागि घोषणा गरेको लकडाउन जारी छ ।
कोरोना संक्रमणको जोखिमको अवस्था मध्यनजर गर्दै प्रदेश–२ का केही जिल्ला, र प्रदेश–१ का केही जिल्लाका केही ठाउँमा गृहमन्त्रालयले निषेधाज्ञा गरेको छ भने विभिन्न जिल्ला र स्थानीय तहले परिस्थिति हेरेर लकडाउन गरेका छन् । यद्यपी बुधबार साँझसम्म झापा निषेधाज्ञा जारी गरिएको छैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विर्तामोड र अर्जुनधारामा निषेधाज्ञा भ्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img