Homeसाउन २२ कालोदिनमा, लिम्बूवान स्थापनाका लागि लडिरहने प्रण

साउन २२ कालोदिनमा, लिम्बूवान स्थापनाका लागि लडिरहने प्रण

झापा २२ साउन । प्रत्येक वर्षको साउन २२ गतेलाई लिम्बूवानजन्य संघसंस्थाहरुले कालो दिनको रुपमा मनाउने गरेका छन् । वि.सं. १८३१ साल साउन २२ गते लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले लिम्बूवानको अधिकार खोसिएको भन्दै साउन २२ लाई लिम्बुवानजन्य संघ संस्थाले कालो दिनको रुपमा मनाउँने गरेका हुन् । साउन २२ लाई कालो दिनका रुपमा मनाउँदै आएका लिम्बूवानहरुले बन्द गर्दै आएका थिए । तर, यो वर्ष कोरोना कहरका कारण अधिकतम क्षेत्र बन्द भएकाले कालोदिनको प्रभाव देखिएको छैन ।
यद्यपि लिम्बुवान क्रान्तिकारी पार्टीले भने एक बिज्ञप्ति जारी गर्दै, लिम्बुवानको माटो र आन्दोलनलाई राज्यले बेवास्था गरे बन्दुक उठ्न सक्ने चेतावनी दिएको छ । पार्टीका अध्यक्ष मनिष हेल्लोक र महासचिब दिनेश किरातीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ –‘हामी लिम्बूवान आन्दोलनलाई शान्तिपूर्ण रुपमा अगाडि बढाइरहेका छौं, हामी शान्तिपूर्ण रुपमा लिम्बूवान राज्य स्थापित गर्न चाहन्छौं, तर शान्ति भन्दा भन्दै अशान्तिको बिउँ एकात्मक राज्यसत्ता आफैंले रोप्छ भने, क्रान्तिको कुरा गर्दा बन्दुकले हाम्रो निर्र्दोष कार्यकर्ताहरुको हत्या गर्छ भने, मूर्ती झैं मौन बस्न नसक्ने उद्घोष गर्दछ । हामीलाई पनि बन्दुक उठाउन आउँछ । यदी लिम्बूवान राज्य नभए लिम्बूवान क्रान्तिकारी पार्टीले बन्दुक उठाएर लिम्बूवान राज्य आफैं घोषणा गर्नेछ ।

कोरोना संक्रमण जोखिमका कारण विज्ञप्तिमार्फत नै सम्झौताको विषयमा विरोध गर्दै सरकारलाई खबरदारी गरेको लिम्बूवान क्रान्तिकारी पार्टीद्वारा जारी विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ–‘१८३१ ताका लिम्बूवान राज्यको स्वतन्त्र निर्माणमा थुप्रै लिम्बूवानी (काङसोरे, थामुया, मरेगान, जगदल, श्रीजङ्गा, ललितबहादुर, विजयबहादुर, पृथ्वी सिंह, बाजाहाङ लिम्बू र भुविक्रम नेम्बाङ) र मनिल, माङ्तोक आदिको ठूलो योगदान र बलिदान रहेको छ । यि र यस्ता महान हस्तिहरुको संघर्षलाई आत्मसाथ गर्दै मुलतः लिम्बूवान स्थापनाको निमित्त एकमुठी सास र एक थोपा रगत रहुञ्जेल लिम्बूवान स्थापनाको निमित्त लडिरहने प्राण गर्दछौं । ’ लिम्बूवानजन्य संघ संस्थाहरुले संघीय संरचनामा निर्माण हुँदा अरुणपूर्वका ९ जिल्लालाई लिम्बूवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
साउन २२ कालोदिनमा, लिम्बूवान स्थापनाका लागि लडिरहने प्रण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img