Homeभद्रपुरमा आजदेखि पिसिआर सञ्चालनमा

भद्रपुरमा आजदेखि पिसिआर सञ्चालनमा

भद्रपुर । प्रदेश सरकारले भद्रपुर अस्पताललाई उपलब्ध गराएको आरटिपिआर मेसीन आजदेखि सञ्चालनमा आएको छ ।
लगभग १० दिन अघि अस्पतालमा आइपुगेको पिसिआर मेसिनको आज औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।

No description available.


भद्रपुर अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलको अध्यक्षता तथा झापा क्षेत्र नं.–२ का संघीय सांसद पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय सांसद विमला विक, १ नं प्रदेश सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, प्रदेश सांसदहरु झलकसिंह दर्लामी, ओम सरावगी, कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा झापाका अधिकांस स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले स्वागत गरेको कार्यक्रमको सञ्चालन मनोज पोखरेलले गर्नुभएको थियो ।
दैनिक ९० जनाको स्वाब संकलन गर्न सकिने पिसिआर मेसिनमा आज ६ जनाको स्वाब परीक्षण गरी क्रस चेकिङका लागि पठाइने भएको बताइएको छ ।
कोरोना संक्रमण बढिरहेका बेला अस्पतालमा पिसिआर मेसिन सञ्चालनमा आउनुले कोरोना उपचारका लागि झापाबासीलाई सहज हुने अनुमान गरिएको छ।

No description available.

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
भद्रपुरमा आजदेखि पिसिआर सञ्चालनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img