Homeसमाचारसमाचारतथ्यहिन आरोप लगाउने लामिछाने समूह विरुद्ध प्रसाई अदालत जाने

तथ्यहिन आरोप लगाउने लामिछाने समूह विरुद्ध प्रसाई अदालत जाने

झापा ६ साउन । गत असार २८ गते बेलुका एक टेलिभिजनमा सिधाकुरा जनतासंग कार्यक्रममा प्रशारित विषयवस्तुमा आफ्नो पनि नाम जोडिएको प्रति विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले आपत्ति जनाउनु भएको छ ।
नगरपालिकामा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै उपप्रमुख प्रसाईले कार्यक्रममा आफ्नो नाम जोडेर प्रशारण गरेको कार्यक्रममा कुनै सत्यता नभएको बताउनु भएको छ ।
टेलिभिजनले केही वर्ष अघि अर्जुनधाराका ११ वर्षिय बालक लक्ष्मण शिवाकोटीको मृत्यु घटनाको विषयमा विर्तामोडमा भएको प्रदर्शनमा घाइते भएका मणि नेपालीकी श्रीमतीलाई चोरी आरोप लगाएर घरमा कामबाट निकालिएको भन्ने कुरा प्रशारण गरिएको थियो । टेलिभिजनमा प्रशारित उक्त कुरा आधारहिन भएको उपप्रमुख प्रसाईले बताउनु भएको छ ।
वास्तविकता बुझेर मात्र समाचार प्रकाशन प्रशारण गर्न पत्रकारहरुलाई आग्रह गर्दै प्रसाईले टिभी कार्यक्रममा देखाएको जस्तो कामबाट ननिकालेको स्पष्ट पार्नुभयो । विहान घरमा काम गर्न आएकी नेपालीकी श्रीमती हिंडेको केही समयमै ड्रेसिङमा ढाकीमा राखेको औंठी नभेटिएपछि नेपालीकी श्रीमतिलाई फोन गरेको र उनले आफुलाई घरमा ल्याएर औंठी दिएको साथै त्यसपछि अहिलेसम्म सम्पर्कमा समेत नआएको प्रसाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–औंठी नभेटेपछि उनलाई फोन गरें, फोनमा आफूले नलगेको तर खोज्न सघाउने भनेपछि लु तुरुन्तै त्यहिबाट फर्केर आउ भनेपछि नेपालीकी श्रीमतीले आएर ढोकैबाट औंठी दिएर गएपछि पुनः सम्पर्कमा नआएको बताउनु भयो ।’ त्यसपछि नेपालीकी श्रीमती आफैं काममा आउन छोडेको तर टेलिभिजनले भने कामबाट निकालेको भन्ने समाचार गलत, तथ्यहिन र भ्रमपूर्ण रहेको भन्दै प्रसाईले आफूमाथि लगाइएको उक्त आरोप विरुद्ध कानूनी उपचारका लागि अदालत जाने बताउनु भयो । उहाँले भन्नुभयो–‘मलाई रवि लामिछानेको समूहले गलत आक्षेप लगायो, म त्यसका विरुद्ध अदालत जान्छु । उहाँले मंगलबार नै प्रेस काउन्सिलमा नेपाल इमेलमार्फत पनि उजुरी पनि पठाएको बताइएको छ ।
सो कार्यक्रममा प्रसारण भएको भ्रमपूर्ण तथ्यलाई सोहि कार्यक्रमबाट स्पष्ट पार्न समेत नदिएको उहाँको भनाई छ । सिधा कुरा कार्यक्रम कति सत्य हुँदो रहेछ भन्ने कुरा यो पटक आफैले थाहा पाएँ, उहाँले भन्नुभयो । दुई वर्षदेखि घरमा काम गर्न नआएको विषयलाई यतिबेला बाहिर ल्याउनुमा नियत रहेको उहाँले बताउनु भयो ।
काम गरेको पैसा नदिएको भनेर आफ्नो बद्नाम गर्न खोजेको भन्दै उपमेयर प्रसाई पत्रकार सम्मेलनका क्रममा भन्नुभयो–‘मैले १ गते तलव दिएको थिए । ४÷५ गतेदेखि उनी आफै आउन छोडिन् ।’ उहाँले घटनाका बारेमा पटक–पटक सत्यतथ्य बताउने भन्दा पनि अहिलेसम्म सो समुह सम्पर्कमा समेत नआएको जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारतथ्यहिन आरोप लगाउने लामिछाने समूह विरुद्ध प्रसाई अदालत जाने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img