Homeनश्ल सुधार र औषधीय सामग्री उत्पादन गर्दै गोलोक गौशाला

नश्ल सुधार र औषधीय सामग्री उत्पादन गर्दै गोलोक गौशाला

सतासीधाम / गौमाता र गोवंशको संरक्षण गर्ने मुख्य उद्देश्यले ५ वर्षअघि स्थापना भएको गोलोक गोवर्धन गौशालाले गाईको मल–मुत्रबाट विभिन्न किसिमका औषधीजन्य सामग्री समेत उत्पादन गर्दै आएको छ ।
गौमाता र गोवंशको संरक्षणसंगै गौशालामा पछिल्लो समय गौमाताको गहुँत र गोबरबाट विभिन्न औषधीजन्य सामग्री समेत उत्पादन हुँदै आएको गौशालाका प्रमुख संरक्षक नन्दकिशोर भारद्वाजले बताउनुभयो । गौमाताको गहुँत प्रशोधन गरी मानव स्वास्थमा उपयोगी औषधी तथा रोग प्रतिरोधात्मक क्षमता भएका घर–व्यवहारमा प्रयोग हुने विभिन्न सामग्री समेत उत्पादन हुँदै आएको बताइएको छ ।
संरक्षित गाईबाट हाल दैनिक एकसय लिटर दूध, गोमूत्र, अर्क, गोनायल, गोमय दन्त मञ्जन, गोमय धुप, पञ्चगव्य, घीऊ, प्राङ्गरिक मल, जीवामृत झोल, गड्यौले मल, गोमूत्र कीटनाशक, कपाल नुहाउन प्रयोग गरिने, आयुर्वेदिक सेम्पो, बर्मीकम्पोष्ट जिबामृत झोल, उत्पादन हुने गरेको छ ।
पर्यावरणमा शुद्धता ल्याउने अगरवत्तीको धुवांले मानव स्वास्थमा पु¥याउने हानीलाई रोक्नका लागि गोमय धुप उत्पादन गरेको गौशालामा गौमाताको मलमुत्रबाट उत्पादित सबै सामग्री रसायन मुक्त रहेको संरक्षक नन्दकिशोरले बताउनुभयो ।
आ–आफ्नै विशेषता बोकेका सामग्री बजारमा जान थालेसंगै प्रयोगकर्ताको आकर्षण समेत बढ्न थालेको बताइएको छ । संरक्षक भारद्वाजले भन्नुभयो–‘माग बढेको छ, माग अनुसार उत्पादन क्षमता बढाउनुपर्ने भएको छ ।’
गौसंरक्षणको अवधारणा बोकेर सताक्षीधाम पुगेका भारद्वाजको उद्देश्यको सम्मान गर्दै सताक्षीधाम मन्दिर विकास समितिको स्वामित्वमा रहेको सताक्षीधाम परिषरमा ११ विगाहा जमिन उपलब्ध गराएको थियो । त्यसपछि स्थापित गोलोक गोवर्धन गौशालाले गौसंरक्षणका साथै वातावरणीय शुद्धताका लागि समेत विभिन्न काम गर्दै आएको छ ।
गाईको नस्ल सुधार गरी उन्नत जातका जुरो भएका गाईको संख्या बढाउँदै जाने लक्ष्य राखेको गौशालाले दुईसय भन्दा बढी कृषकहरुलाई गाई बाछी र बिऊ गोरु दिदै आएको छ । साथै किसानलाई खेती गर्न हलो जोत्ने प्रयोजनका लागि सहयोग स्वरुप गोरु उपलब्ध गराउँदै आएको बताइएको छ ।

गौशालाबाट सर्वसाधरण किसानले नस्ल सुधारको सुविधाका साथै खेत जोत्नका लागि गोरु निःशुल्क पाएका छन् । आर्थिक अवस्था कमजोर भएका स्थानीयले गौशालाबाट खेत जोत्नका लागि गोरु लैजाने गरेका छन् । विपन्न परिवारलाई गौशालाले सहयोगस्वरुप गोरु दिने गरेको छ । नस्ल सुधारका लागि गरिएको प्रयासस्वरुप हाल उन्नत जातका गीर, साहीबाला, हरियाणा र थारपारकर गाईका बाछा–बाछी उत्पादन भइरहेको बताइएको छ । गौशालाले उन्नत जातका बिऊगोरुहरु उत्पादन गरी नस्ल सुधारकालागि कृषक समूहहरुमा निःशुल्क वितरण गर्दै आएको छ । गोलोक गोवर्धन गौशाला नेपालको एकमात्र यस्तो गौशाला हो, जहाँ गाईपालकले थारा, बुढो भएका, रोगी गाई ल्याएर दुधालु, भर्खरको, निरोगी गाई लान पाउँछन् । गोबर र गोमूत्रद्वारा विभिन्न किसिमका मानव स्वास्थ तथा कृषिमा उपयोगी जैविक मल एवं किटनाशक औषधी उत्पादन समेत गौशालामा हुने गरेको छ । उन्नत जातका जुरो भएका स्थानीय जातका गाईको गहुँत प्रशोधन गरी मानव स्वास्थमा उपयोगी औषधी तथा रोग प्रतिरोधात्मक क्षमता भएको गौमूत्र अर्क समेत गौशालामा उत्पादन हुने गरेको भारद्वाजले जानकारी दिनुभयो । गोअर्कको प्रयोगकर्ता बढेसँगै यसले संस्थालाई पनि सहयोग पुगेको बताइएको छ । नेपालका बिभिन्न ठाउँमा सताक्षीको गोअर्क विक्री हुने गरेको छ । सर्बसाधरणले घरेलु औषधीको रुपमा गोअर्क प्रयोग गर्ने गरेका छन् । जानकारका अनुसार जुरो भएका र जंगल चरेका गाईको गहँुतमा रोग प्रतिरोधात्मक क्षमता अन्यको तुलनामा हुन्छ । बजारबाट गोअर्कको माग आएकाले उत्पादन बढाउने तयारी थालेको गौशालाको व्यवस्थापकीय पाटो हेर्दै आउनु भएका विनोद न्यौपानेले बताउनुभयो । गौ अर्कको विक्रीबाट आएको पैसा गौशालाको दैनिक खर्चमा प्रयोग हुने गरेको छ ।

बजारमा रासायनिक मल अभाव हुनुका साथै गौशालामा सस्तो मूल्यमा जैबिक मल खरिद गर्न पाएपछि आफुले त्यहीबाट मल ल्याएर खेतिमा लगाएको शिवसताक्षी ११ का रामबहादुर दाहाल बताउनु भयो । गौशालमा उत्पादित गड्यौले मलले धान सप्रिएर आएको बताउँदै अबदेखि खेतमा रासायनिक मल नलगाउने दाहालको भनाई छ । गोरक्षाले वातावरणीय सुद्धता, प्रकृति पर्यावरण जीव र वनस्पतिको रक्षा हुने र राष्ट्रिय जनावर गाईको संरक्षण गरिंदै आएको छ । संरक्षण गरिएका गाईको बुढ्यौली तथा अन्य कारणले मरेमा सनातनी संस्कार अनुसार समाधिस्थलमा एउटा बृक्ष रोप्ने गरेको ठाकुर ढकालले बताउनु भयो ।
त्यसो त मानिसको मृत्युपछि अन्त्येष्ठि प्रयोजनका लागि दाउरा प्रयोग गर्ने परम्पराले रुख विरुवा नकाटिउन भन्ने ध्येयले गाईको गोबरबाट दाह संस्कारका लागि मेसिनद्वारा दाउरा समेत उत्पादन गरिएको भारद्वाजले जानकारी दिनुभयो । उत्पादित दाउराको प्रयोग समेत बढ्न थालेको छ । गौशालाले एउटा मानिसको मृत्यु पछि गरिने शवदहनका लागि एउटा वृक्षले मर्र्नुपर्र्ने बाध्यतालाई न्यूनिकरण गर्न गोबर दाउराको प्रयोग बढाएको हो ।
गौशालामा चारसय गाई गोरुहरु छन् । त्यहाँ रहेकामध्ये अधिकांस गाई नेपालबाट भारततर्फ बिक्रीका लागि लैजान लागिएको अवस्थामा उद्धार गरिएका हुन् । तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पालिकाले भारत लैजान लागिएका गाईलाई दशजगा क्षेत्रबाट समातेर गौशालामा ल्याएर संरक्षण दिने गरेका छन् । यसैका कारण गौशालामा गाईको संख्या बढेको हो । गौशालाले हाल २० जनालाई रोजगारी समेत दिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
नश्ल सुधार र औषधीय सामग्री उत्पादन गर्दै गोलोक गौशाला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img