Homeमनोरञ्जनसाहित्य चौतारीको बार्षिकोत्सव, पुरस्कार र सम्मान स्थगित

साहित्य चौतारीको बार्षिकोत्सव, पुरस्कार र सम्मान स्थगित

झापा ३१ असार । साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा २०७ औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाइएको छ ।
साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा प्राज्ञ सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका साहित्य उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए भने सरगम संगीतालयका विद्यार्थीले स्वागत गीत र भानुभक्तिय रामायण पाठ गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठले भानुभक्तिय रामायण वाचन गरेको कार्यक्रममा साहित्यकारहरु विवसवलिभद्र कोइराला, लीला अनमोल, मायामितु न्यौपाने, जीवन धिताल, जय भण्डारी, दुर्गा सिग्देल, देवीचरण भण्डारी, तुलसी भट्टराई हरि दाहाल, दिनेश खरेल, वेनु मञ्जरी अधिकारी, जमुना खरेल, युवराज पोर्तेल, मनिका चुडाल मधुवाला लगायतले साहित्यिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सरगम संगीतालयका विद्यार्थीहरु कृपा पौडेल , अनुजा कडरिया, भिषम आचार्य, आशिका विमली, प्रमेश राई, विदिष सिग्देल, रक्षा तिम्सिना, भक्त विक, अर्पण सिटौला, मौनता प्रसाईं र गुरुकुल संगीत विद्यालयका रोषन लिम्वूले गीत, नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ, गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ, सल्लाहकार हस्त परियार, कृष्णप्रसाद पौडेल, संगीत उपाध्यक्ष कृष्ण योञ्जन, सहसचिव खगिन्द्रा खुसी, कोषाध्यक्ष भवानी गौतम, सदस्यहरु विमला चिमरिया, देवीचरण भण्डारी, हेमन्ता भण्डारी,रगम संगीतालयका प्रबन्ध निर्देशक दिपक रायमाझी, गुरुकुल संगीत विद्यालयकी प्रवन्ध निर्देशक कमला नेम्वाङ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनको अवस्थामा साहित्य चौतारी झापाले वार्षिक रुपमा प्रदान गर्ने पुरस्कार र सम्मान यस वर्ष स्थगित गरिएको जानकारी दिइयो ।
साहित्य चौतारी झापाले भानु जयन्तीको अवसरमा विगतका वर्षहरु देखि नै साहित्य, कलाका क्षेत्रमा सम्मान तथा विभिन्न पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ ।
साहित्य चौतारीले समर्पण साहित्य चौतारी सम्मान, भिमबहादुर पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कार, धनमाया जगन्नाथ विमली स्मृति नवप्रतिभा पुरस्कार, डिकमान विरही स्मृति साहित्य चौतारी सम्मान, जेवी आले स्मृति फोटोग्राफी साहित्य पुरस्कार प्रदान गर्दै आएको थियो । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनसाहित्य चौतारीको बार्षिकोत्सव, पुरस्कार र सम्मान स्थगित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img